Sunday, October 19, 2014

अनुभूति ः सञ्जु र गजल


सञ्जु, गजल र   हरिसुन्दर छुकां
का. सञ्जु, भनिरहन्थिन्, दाइ सुनाउनु न गजल । ‘आज त मैले नोट कपि नै बोकिँन त’ भन्दा पनि पत्याउँदिनथिन् र हल्का मुस्कान ओठमा ल्याएर भन्थिन,‘म  विश्वास गर्दिन, दिनुस् त ब्याग ।’ आफै ब्याग खोस्थिन र खोज्थिन् गजल । गजल भेटेपछि सुरुमा आफै पढ्थिन । मुस्कुराउँथिन्, मलाई पुलुक्क हेरेर जिद्दि गर्थिन्। ‘तपाइँ हुँदा हुँदा पनि लुकाउने गजल, ल अब सुनाउनु त आफ्नै मुखले गजल ।’ उनी आग्रह गर्थिन् । म सुनाउँथे ।
तर आज त्यो साथी, साहित्य रुचाउने अझ बढी गजल खोज्ने साथीले अघि पछि भनेजस्तै गरी गएँ है सम्म पनि नबनी विदा भएकी छिन् । उनैको सम्झाना र समर्पणमा फेरि कोरेको छु गजल । 
 हारलाई स्वीकार्न गा¥हो हुन्छ
मृत्युलाई पछार्न गा¥हो हुन्छ

आफ्नै मान्छेले अलविदा भन्दा
अनायाश् आँशु झार्न गा¥हो हुन्छ

त्यो खबर् असत्य होस् भन्दा पनि
यर्थाथलाई टार्न गा¥हो हुन्छ

तिमी भन्छौं छोड्दे हुनु भैसक्यो
मीठो अतित मार्न गा¥हो हुन्छ

Thursday, September 4, 2014

३ सय ८१ झोले विद्यालय खारेज,

काठमाडौँ, १९ भदौ ।

शिक्षा मन्त्रालयले तराईका आठ जिल्लाका ३ सय ८१ झोले विद्यालय खारेज गर्ने भएको छ । अख्तियार सहितको अनुगमन टोलीले दिएको प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले ति जिल्लाका ३ सय ८१ विद्यालय बन्द गर्ने , १ सय २२ विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने तथा २५ विद्यालयको तह घटुवा गर्ने भएको हो । ति जिल्लाबाट सरकारले ३ करोड १३ लाख ६८ हजार ४ सय ७० राजश्व समेत उठाएको शिक्षा विभागका सहसचिव सुर्यप्रसाद गौतमले बताउनुभयो ।
शिक्षा मन्त्रालयले बारा जिल्लाबाट दोहोरो निकासा भएको बाट ९४ लाख ६७ हजार ३ सय १ ,रौतहट जिल्लाबाट १० लाख ७८ हजार ५ सय १७, पर्सा जिल्लाबाट २२ लाख ३० हजार, सप्तरी जिल्लाबाट ९लाख ९७ हजार ४८, त्यस्तै सिरहा जिल्लाबाट ५२ लाख ९ हजार ७ सय ३२, सलार्ही जिल्लाबाट १ करोड २३ लाख ८५ हजार ८ सय ७२ गरी कुल ३ करोड १३ लाख ६८ हजार ४ सय ७० राजस्व उठाएको हो ।

शिक्षा मन्त्रालयले तराईका आठ जिल्लामा शैक्षिक विकृति बढेको गुनासाहरू आउन थालेपछि र अख्तियारले समेत कारबाही गर्न थाले पछि गत असारमा अख्तियारको प्रतिनिधिसहितको अनुगमन टोली खटाएको थियो । अख्तियारका प्रतिनिधिसहितका चार जना सदस्यसहितको आठ टोलीले तराईका आठ जिल्लामा एक हप्ता लगाएर अध्ययन तथा अनुगमन गरेका थिए ।

अनुगमन समितीले पर्सामा २० सामुदायिक र १७ धार्मिक विद्यालय,सर्लाहीमा ९६ सामुदायिक अध्ययन केन्द्र र धनुषाका ३ सय ७ बालविकास केन्द्र समेत बन्द गराएको छ । अनुगमन गर्दा विद्यालयको भौतिक संरचना नभएका, विद्यार्थी संख्या न्यून भएका,विद्यालयका मापदण्ड नपुगेका, संचालनमा नआए पनि सरकारी सुविधा लिइरहेका विद्यालयहरू पाइएपछि उनीहरूलाई कारबाहीको लागी सिफारिस गरिएको अनुगमन टोलीका सदस्य समेत रहेका शिक्षा मन्त्रालयका उपसचिव दिनानाथ गौतमले बताए । उनले अनुगमनमा जाँदा विद्यालय भवन, खेल्ने चहुर, खानेपानी, शौचालय र न्यूनतम भौतिक पुर्वाधार समेत नभएका तर विद्यालय भनि संचालन भएका विद्यालयहरूलाई बन्द गर्न लागिएको जानकारी दिए ।

शिक्षामन्त्रालयका अनुसार अनुगमन टोलीले दिएको प्रतिवेदनको आधारमा सबैभन्दा धेरै सर्लाही जिल्लाका १ सय ४४ झोले विद्यालयहरू खारेज भएका छन भने २४ विद्यालयलाई अन्य विद्यालयमा मर्ज गरिएको छ । त्यस्तै महोत्तरी जिल्लाका ७४ झोले विद्यालय खारेज भएका छन भने ६ विद्यालयलाई मर्ज गरिने भएको छ । सिरहाका ४० विद्यालय खारेज र २५ मर्ज हुँदा बारा जिल्लाका २७ विद्यालय खारेज र ३८ विद्यालय मर्ज हुने भएका छन । मन्त्रीस्तरीय निर्णयद्वारा खारेज हुने विद्यालय रौतहटमा ३२ रहेको छ भने १८ विद्यालय मर्ज हुने भएको छ । सप्तरी जिल्लाका २३ विद्यालय खारेज र ३ मर्ज हुँदा पर्सा जिल्लाका १ विद्यालय खारेज र ८ विद्यालय मर्ज गरिने भएको छ । अनुगमन टोलीले धनुषा जिल्लाका ४० विद्यालय खारेज गरेको छ । त्यस्तै सिरहाका २२ तथा पर्साका ३ विद्यालयको तह घटुवा गरेको छ । शिक्षा मन्त्रालयले तराईका आठ जिल्लामा शैक्षिक विकृति बढेको गुनासाहरू आउन थालेपछि र अख्तियारले समेत कारबाही गर्न थाले पछि गत असारमा अख्तियारको प्रतिनिधिसहितको अनुगमन टोली खटाएको थियो । अख्तियारका प्रतिनिधिसहितका चार जना सदस्यसहितको आठ टोलीले तराईका आठ जिल्लामा एक हप्ता लगाएर अध्ययन तथा अनुगमन गरेका थिए ।


शिक्षा मन्त्रालयले रौतहटमा शिक्षा विभागका उपनिर्देशक गोविन्द प्रसाद अर्याल, महोत्तरीमा परीक्षा नियन्त्रण कार्यलयका उपनिर्देशक जित बहादुर साह, पर्सामा शिक्षा मन्त्रालयका उपसचिव खुशिराम अधिकारी, सप्तरीमा शिक्षा मन्त्रालयका उपसचिव योगेन्द्र प्रसाद बराल, बारामा शिक्षा मन्त्रालयका उपसचिव दिनानाथ गौतमको नेतृत्वमा अनुगमन टोली परिचालित गरिएको थियो । त्यस्तै सिरहामा शिक्षा मन्त्रालयका उपसचिव झुम प्रसाद राई, सर्लाहीमा मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका उपनिर्देशक महेन्द्र पौडेल र धनुषामा शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक दीर्घ ध्वज चापागार्इं नेतृत्वका अनुगमन टोली खटाइएको थियो ।

Tuesday, September 2, 2014

सेभ द चिल्ड्रेन र बाल विकास समाजको मिलेमतोमा करोडौं झ्वाम

 भक्तपुर ।बालबालिकाको क्षेत्रमा काम गरिरहेको काठमाडौं कपनस्थित बालविकास समाज र डल्लुस्थित कन्सर्न नेपाललाई दातृ संस्था सेभ द चिल्ड्रेनले कुनै अध्ययन नै नगरी करोडौं रकम दिएको खुलासा भएको छ ।

समाजलाई विभिन्न क्रियाकलाप गराएर बालश्रम न्यूनीकरणका लागि काम गराउन भन्दै सो संस्थाले पैसा खन्याए पनि त्यसको कुनै अनुगमन नहुँदा रकम अपचलन भएको रहस्य खुलेको छ ।

यसैबीच बाल विकास समाजले आफूले गर्दै नगरेका विभिन्न क्रियाकलापहरु पनि आफूले गरेको दाबी गर्दै र नक्कली प्रतिवेदन बनाएर सेभ द चिल्ड्रेन, जिल्ला प्रशासन कार्यालय र जिविसका कर्मचारीको आँखामा धूलो छ्याप्ने काम गरिरहेको देखिएको छ ।

हालै सेभ द चिल्ड्रेनले भक्तपुरमा गरेको समीक्षा गोष्ठीमा समाजले पुरै नक्कली प्रतिवेदन प्रस्तुत गरेको कुरा फ्लोरमै उठे पनि त्यसको जवाफ सेभ द चिल्ड्रेनका कूनै पनि प्रतिनीधिले नदिएपछि बालविकास समाजलाई सो काम गराउनका लागि सेभ द चिल्ड्रेनकै प्रतिनीधिको हात रहेको आशंका पनि गरिएको छ । त्यसो त खुलम्खुलै रुपमा सेभ द चिल्डे«नले आफूहरुलाई कागजी कुरो मिलाएमात्र पुग्ने र कामसँग कुनै मतलव नै नभएको प्रतिक्रिया पनि सम्बन्धित निकायबाट नआएको होइन । यसबारेमा अनुगमन गर्ने निकायको मुखमा बुजो परेको हो या त्यहाँ पनि आर्थिक चलखेल भएको हो भन्ने बारेमा व्यापक चर्चा चलिरहेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समिति भक्तपुरका अध्यक्ष अनिलकुमार ठाकुरले पनि सो विषयमा आफ्नो ध्यान गएको कन्सर्न नेपालद्वारा शुक्रबार भक्तपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको बैठकमा जनाउ दिएका हुन । उनले भक्तपुर केही वर्षमै बालश्रममुक्त जिल्ला बन्न लागेको समयमा विभिन्न दातृ निकायको करोडौं रकम ल्याउने तर काम नगर्ने स्वभावका गैरसरकारी संस्थाहरुलाई निमित्यान्न पार्न आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै बाल विकास समाजलाई इंगित गदै त्यस्तो विषयमा आफ्नो ध्यान गएको पनि बताए ।


त्यसो त सेभ द चिल्ड्रेनले बालबालिकाको क्षेत्रमा काम गरिरहेका कन्सर्न नेपाललाई पनि करोडौं लगानी गरेको छ । कन्सर्नलाई सन् २०११ देखि सन् २०१४ को डिसेम्बरसम्मका लागि एक करोड ९१ लाख लगानी गरेको बताइएको छ भने बाल विकास समाजलाई सन् २०१४ को जनवरीदेखि २०१४ कै जुन महिनासम्म गरी ६ महिनाका लागि १ करोड ९५ लाख रुपैंया लगानी गरेकोमा ६ महिनाभित्रै १ करोड ३६ लाखभन्दा बढी रकम सिध्याइसकेको समाजको तथ्यांकले देखाएको छ भने उसले कुन कुन क्षेत्रमा सो लगानी गरेको हो, त्यसको भने आधिकारिक तथ्यांक र काम देखाउन सकेको छैन । बाहिर चर्चामा आएअनुसार कन्सर्न नेपालको नाममा आएको बजेट सेभ द चिल्डे«नले बाल विकास समाजलाई दिएर सोही रकमबाट विदेश भ्रमणका नाममा लाखौं रकम सिध्याइएको बताइएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ । 

'नेपाली माओवादी मार्न र वेपत्ता पार्न बेलायतले सघाएको थियो'






नेपालमा माओवादी जनयुद्ध चलिरहेको समयमा बेलायतको गुप्तचर संस्था एमआइ सिक्स (MI6) ले माओवादीका नेता कार्यकर्तालाई पक्राउ गर्न, यातना दिन वेपत्ता पार्न र मार्नका लागि नेपाली सेनालाई सघाएको खुलासा भएको छ । नेपालको बारेमा अंग्रेजी भाषामा लेख्दै आएका बेलायती लेखक टमस बेलले उनको नयाँ पुस्तक 'काठमाडु'मा यस्तो खुलासा गरेका हुन् । नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुलाई उद्धृत गर्दै बेलले द्वन्दकालीन समयमा नेपाली सेनालाई माओवादीका लडाकुलाई पक्राउ गर्न र मार्नका लागि बेलायती गुप्तर संस्थाले सघाएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । बेलले बेलायती अधिकारीहरुले सन् २००२ मा नेपाली सेना तथा अनुसन्धान विभागलाई सुरक्षित भवन निर्माणका लागि आर्थिक सहयोग, निगरानीका लागि तालिम तथा विद्रोह दवाउने लगायतका सहयोग सहितको ४ वर्षे गुप्तचरी कार्यक्रम समेत सञ्चालन गरेको उल्लेख गरेका छन् । बेलायती गुप्तचर विभागले त्यतिबेला माओवादी विद्रोह दवाउनका लागि बेलायती सेनाका केही अधिकृतलाई समेत नेपाल पठाएको र उनीहरु मध्ये केहीले बेलायती दुताबाससँग रहेर र कतिपयले वेग्लै समेत काम गरेको उनको पुस्तकमा उल्लेख छ । त्यसैगरी बेलका अनुसार बेलायती अधिकारीहरुले नेपाली अधिकारीहरुलाई विद्रीही नियन्त्रित क्षेत्रमा प्रवेश गर्ने र सुराकी दिने ब्यक्तिहरु ब्यवस्थित गर्ने तरिकाबारे समेत तालिम दिएका थिए । MI6 को लोगो नेपाल प्रहरीको अनुसन्धान विभागलाई बेलायती सहयोगले निक्कै ससक्त तुल्याएको र त्यसकै कारण दर्जनौं विद्रोहीहरुलाई पक्राउ गर्न सफल भएको र ती पक्राउ गरिएका विद्रोहीहरुलाई यातना दिने र वेपत्ता पार्ने काम भएको समेत उनले उल्लेख गरेका छन् । बेलायती अधिकारीहरुले विद्रोहीहरुलाई पक्राउ गरेपछि यातना दिने र मार्ने काम हुन सक्ने हुने जान्दा जान्दै पनि यस्ता क्रियाकलापमा सहयोग गरेको नेपाली सेनाका एक जनरललाई उद्धृत गर्दै बेलले लेखेका छन् । बेलायती अधिकारीहरुले बाहिर बाहिर यातना दिने र वेपत्ता पार्ने काम रोक्न आग्रह गर्ने र भित्र भित्र यातना दिने निश्चित भएका ब्यक्तिलाई पक्राउ गर्न सघाउने गरेको तथ्य समेत उनले खुलासा गरेका छन् । बेलको पुस्तकले नेपालमा १० वर्ष सम्म चलेको माओवादी जनयुद्धका क्रममा विद्रोह दमनका लागि पश्चिमा मुलुकका गुप्तचरले समेत सघाएको नयाँ खुलासा गरेको छ । त्यतिमात्र नभएर बाहिर एक प्रकारको विज्ञप्ति निकाले भित्र भित्र अर्कै ब्यवहार गर्ने गरेको दोहोरो चरित्रको डरलाग्दो पाटो पनि उनको पुस्तकले उजागर गरेको छ ।

Monday, April 14, 2014

लिङ्गो भाँचियो



लिङ्गो भाँचियो

भक्तपुरको ल्यसिङ्गखेलमा उभ्याउँदै गरिएको लिङ्गो आधा भभिदै गर्दा भाँचिएको छ । साँझ ५ वजे देखि उठाउन सुरु गरिएको लिङ्गो साँझ ७ १५ वजेको समयमा भाँचिएको हो । लिङ्गो भाँचिदा असुभ भएको संकेत मानिने गरेको छ ।

उभिदै गरेको लिङ्गो र भाँचिएपछिको ।


Saturday, April 5, 2014

विश्वकै गरिब नेता कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले कही समयअघि सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। अमेरिकाबाट प्रकाशित हुने दैनिक पत्रिका वासिङ्टन पोस्टले संसारकै गरिब नेता भन्दै समाचार प्रकाशित गरेको छ।
'विश्वका नयाँ सबैभन्दा गरिब नेतालाई भेटौ शीर्षकमा' प्रकाशित समाचारमा प्रधानमन्त्री कोइरालाको तुलना यसअघि विश्वकै गरिब नेताको रुपमा मानिएका उरुग्वेका राष्ट्रपति जोसे मुजिकासँग गरिएको छ।
पत्रिकाले उरुग्वेका राष्ट्रपतिलाई पनि माथ दिँदै नेपालका प्रधानमन्त्री सुशील कोइराला विश्वकै गरिब नेता भएको उल्लेख गरेको छ। कोइरालासँग भएको तीनवटा मोबाइलमध्ये २ वटा कामै नलाग्ने र जग्गा जमिन पनि नभएको समाचारमा उल्लेख गरिएको छ।

Sunday, March 23, 2014

सीपीले नेपाली क्रिकेट टिमलाई के भनेर गाली गरेका थिए भिडियो सहित




नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपाली क्रिकेट टिमलाई गाली गरेपछी देश भर उनको विरोध भएको छ । उनले हिजो के भनेर गाली गरेका थिए र आज हैन मैले केहि भनेको छैन भनि भनि रहेको तपाई प्रत्यक्ष रुपमा हेर्न सक्नुहन्छ । 


नेपाली राजनितीका नेताहरु कसरी आफु दुई जिव्रे रहेका छन् भन्ने प्रमाणीत यो भिडियोले गर्दछ । हिजो भनेका कुरा । र आज भक्तपुरमा भनेका कुरा तपाई प्रत्यक्ष रुपमा हेर्न सक्नुहन्छ । 
सुचना प्रविधिको यो जमानामा त यस्तो झुट वोल्छन भने पहिला के गर्थे होला । 


Wednesday, March 12, 2014

Malaysia Airlines MH370: Last communication revealed

Officials plan military search operation for the missing plane (12 March 2014)Several countries are scouring the seas for signs of the missing plane




The last communication received from a Malaysia Airlines plane suggests everything was normal on board minutes before it went missing over the South China Sea, Malaysian authorities say.
Flight MH370 replied "All right, roger that" to a radio message from Malaysian air control, authorities said.
The search has been widened to waters off both sides of the peninsula.
Malaysia's air force chief has denied reports the plane was tracked to the Malacca Strait in the west.
The China-bound plane went missing on Saturday with 239 people on board.
It vanished about an hour after it took off from Kuala Lumpur International Airport, as it flew over the South China Sea, south of Vietnam's Ca Mau peninsula. No distress signal or message was sent.
'Confusing' information
Malaysian authorities revealed the plane's last communication at a news conference held in Beijing for relatives of the 154 Chinese who are among the missing passengers.
As the plane reached the boundary between Malaysian and Vietnamese airspace, the Malaysian air control announced it was handing over to Ho Chi Minh City Control.
Minutes later, all contact with Flight MH370 was lost.
China's foreign ministry said there was "too much confusion" regarding the information released about the plane's flight path.
"It is very hard for us to decide whether a given piece of information is accurate," spokesman Qin Gang told reporters in Beijing.
Relatives of missing Chinese passengers (12 March 2014)Family members have been frustrated by the lack of information about the plane's fate
Deputy Commander of Vietnam 918 Air Brigade Senior Lieutenant Nguyen Tri Thuc (right) looks out for the missing Malaysia Airlines flight MH370 off Con Dao island, 12 March 2014There are conflicting reports of the plane's last location as the search enters its fifth day
Indonesian Air Force crewmen pray prior to a search operation for the missing Malaysia Airlines Boeing 777 at Suwondo air base in Medan, North Sumatra, Indonesia, 12 March 2014Indonesian Air Force crewman prayed prior to a search for the missing plane
Malaysian woman writes message on a wall in Kuala Lumpur (12 March 2014)Malaysians have been writing messages for the missing passengers on a wall in Kuala Lumpur
Earlier on Wednesday, Malaysia's air force chief Rodzali Daud denied remarks attributed to him in local media that flight was tracked by military radar to the Malacca Strait, far west of its planned route.
Gen Rodzali Daud said he "did not make any such statements", but the air force had "not ruled out the possibility of an air turn-back".
Sighting?
Early search efforts focused on waters between Malaysia and Vietnam.
The search was later extended to the Malacca Strait and the Andaman Sea, off Malaysia's west coast, amid reports that the plane could have turned back.
Operations are now covering some 27,000 square nautical miles (92,000 sq km).

Vietnam has confirmed an investigation into a possible sighting of the plane has so far yielded no results.
Malaysian authorities on Wednesday requested assistance from India in searching the Andaman Sea, north of the Malacca Strait.
Vietnam's air traffic management earlier said it had received an email from a New Zealander working in one of the oil rigs off Vung Tau.
"He said he spotted a burning [object] at that location, some 300 km (200 miles) southeast of Vung Tau," deputy general director Doan Huu Gia said.
Officials still do not know what went wrong with the aircraft, and several leads pursued so far have proven not to be linked to the plane.
After more than four days of fruitless searching, there is an element of desperation creeping into this operation, the BBC's Jonathan Head in Kuala Lumpur reports.
'Shock at allegations'
Some 42 ships and 39 aircraft from several countries are taking part in the search for the plane.
Two-thirds of the passengers on board the plane were Chinese. Some were from a range of other Asian countries, North America or Europe.
Meanwhile, Malaysia Airlines said in a statement that it was "shocked" by reports made against its First Officer, Fariq Ab Hamid, who was the co-pilot of the missing flight.
A South African tourist told Australia's Channel Nine that she and her friend were invited to sit in the cockpit with Fariq Ab Hamid and the pilot during a flight in 2011, in an apparent breach of airline rules.
Malaysia Airlines said it took the reports "very seriously".
None of the debris and oil slicks spotted in the South China Sea or Malacca Strait so far have proved to be linked to the disappearance.
In the US, CIA Director John Brennan said the possibility of a terror link could not be ruled out. But he said "no claims of responsibility" over the missing jet had "been confirmed or corroborated".
map

Thursday, March 6, 2014

ॐ भूर्भुव स्वः। तत् सवितुर्वरेण्यं। भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात् ॥

  •  लाई प्रणव भनिएको छ। प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो। त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो। यसले निराकार तत्त्व -परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको शरणागत, उपाशना र आहृवान जनाउँछ भनी मानिएको छ। यो यस्तो ध्वनि विशेष हो, जसले शरीरमा स्फूर्तता प्रदान गर्दछ। यो अ, उ, म र चन्द्रविन्दुको मिश्रणबाट बन्दछ। ॐले लक्ष्यित गरेको परम आत्मा अर्थात् परब्रहृम परमात्मा सत् हो। त्यसैले यो नित्य छ। ॐ वाचनाको साधनाले साधकलाई नित्यतर्फ अर्थात् सत्तर्फ उन्मुख गराउँदछ।
त्यसैगरी ॐ चित् हो। चित् भनेको चेतनस्वरूप हो। उनकै चैतन्य सत्ताका आधारमा चेतन प्रकृति चल्दछ। त्यसैगरी प्रत्येक प्राणीमा चेतना जाग्दछ। त्यही चैतन्य नै चित् हो। चित् ज्ञानस्वरूप हुन्छ।
  • भूर्भुवः स्वः
भूर्भुवः स्वःले व्यापक ब्रहृमाण्ड जगत्मा परमेश्वर परमात्माको अवस्थिति एवं प्रभावको विषय दर्शाउँछ। व्यापक ब्रहृमाण्डलाई बुझाउने भएकाले यस
-भूर्भुव स्वः लाई गायत्री मन्त्र भित्र पारिँदैन। ब्रहृमाण्ड जगत्मा दुई थरी कुरा छन् दृष्टि र द्रष्टा। भोक लागेको थाहा पाउँदा भोक दृष्टि हो भने भोक थाहा पाउने -प्रज्ञान) द्रष्टा हो। दृश्यमा विषयवस्तु, शरीर, इन्द्रीय, मन, बुद्धि, आवाज, योजना, कल्पना, भावना, प्रपञ्च, क्रियाकलाप, उद्देश्य, प्राप्ति, नियत, स्वभाव, समय आदि पर्दछन्। ती सबका सब थाहा पाउने द्रष्टा हो। संसारमा दुईथरी कुरा ः दृष्टि र द्रष्टा वा क्षेत्र र क्षेत्रज्ञ छन् या नित्य र अनित्य छन् या जरा र चेतन छन् या आत्मा र अनात्मा छन् या सत् र असत् छन् आदि। भूर्भुवः स्वःले सङ्केत गर्ने ब्रहृमाण्ड जगत् पनि यत्ति नै छन्।
  • तत् सवितुर्वरेण्यं
तत् ले ॐलाई, भूर्भुवः स्वःको अधिष्ठान चैतन्यलाई, सर्व उपास्य सूर्यको समेत नियमन गर्ने तत्त्वलाई एवं तेजोमय शक्तिलाई सङ्केत गर्दछ। सविताले तेजोमय प्रकाशपुञ्ज सूर्यलाई जनाउँछ। यहाँ वरेण्यंको अर्थ वरण गर्न योग्य वा अपनाउन योग्य भन्ने लाग्छ। महान् शक्तिशाली प्रकाश पुञ्ज सूर्यनारायणसमेत उनै परमात्म चैतन्यका आधारमा प्रकाशित हुन्छन् भनेर देखाउन गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं राखिएको छ। सर्वउपास्य सूर्यको महानताको कारण नै साकार सूर्यवरणको माध्यमबाट निराकार परमात्म तेजसम्मका शृङ्खला मिलेको छ। सूर्य सर्वद्रष्टा हुन्। उनको तेजको पहुँच सर्वत्र छ। उनको त्यो चौतर्फी पहुँच र दृष्टिबाट कुनै पनि अरिष्ट/अनिष्ट छिप्दैनन्। आफूउपर कुनै अरिष्ट/अनिष्ट आउँदैछ भने ती सबै सूर्यको रश्मिबाट खिचिएर नाश हुन् भन्ने भावमय प्रार्थना सूर्यवरणमा छिपेको हुन्छ। यसरी साकारमा सूर्य महान् छन्। उनै जगत्का सञ्चालक हुन्। उनै जगत्का प्रकाशक हुन्। सूर्यमा जुन दिव्य ताप र प्रकाश छ त्यो एकनास छ। सूर्य सधैँ जाज्ज्वल्यमान छन् र उनको प्रकाशमा रतिभर घटबढ छैन। त्यस्ता सबैका हितकारक र सबैबाट कुनै न कुनै तरहले वरण हुने तेजयुक्त सूर्यसमेतको नियमनमा अर्को त्योभन्दा महान् तत्त्व प्रति लक्षित गर्न सर्व सहज प्रस्तुतिका लागि गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं समावेश छ।
  • भर्गो देवस्य धीमहि
भर्गो भन्नाले तेज भन्ने बुझिन्छ जुन तेज हाम्रो अन्तःकरणमा भएको विकार एवं अज्ञान नाश गर्न सक्षम छ। जीवलाई जीवत्त्व प्रदान गर्न सक्षम छ। तेजसँग प्रकाश सम्बन्धित हुन आउँछ। त्यस्तो प्रकाश जसले दिव्य प्रकाशित सूर्यलाई समेत नियमन गर्दछ, त्यस्तो तेज जसले बुद्धिलाई स्फूरण हुन सत्ता प्रदान गर्दछ, यसको चेतना स्फूरणको अधिष्ठान चैतन्यलाई लक्ष्यित गरेर त्यसैमा बुद्धिवृत्ति लक्ष्यित गराउने प्रयोजन छ। भर्गो देवस्यलाई जनाउने प्रतीक ॐ हो।
देवस्यको अर्थ देवको भन्ने लाग्छ, दैवी तत्त्वको भन्ने बुझिन्छ। सूर्य तेजमा निरन्तरता हुनुमा त्यसलाई नियमन गर्ने अर्को थप शक्ति हुनैपर्दछ भन्ने दृढताबाट अघि बढ्दै गायत्री मन्त्रमा भर्गो देवस्यबाट निराकारको फाँटमा पुर्‍याइएको छ। त्यसको सङ्केत भर्गोमा गएर टुङ्गिएको छ। त्यस्ता दिव्य प्रकाशमय एवं अलौकिक खालका र सूर्यभन्दा पनि महान सङ्केत भर्गोलाई गर्दछ।
गायत्री मन्त्रमा चैतन्य तेजको ध्यानको प्रतिवद्धता आएको छ। धीमहिको अर्थ ध्यान गर्छु भन्ने प्रतिबद्धता हुन्छ। ध्यान गर्नु भनेको तप गर्नु हो। तपको दायरामा भक्ति, उपाशना, सेवा, अर्पण, चिन्तन, दास्यभाव आदि सबै पर्दछन्। यसका सहयोगसिद्ध कुराहरू दम र कर्तव्य कर्म हुन्। दम भनेको मन, इन्द्रीयको अनावश्यक सञ्चालनमा संयमता र नियन्त्रण हो। जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र परमात्म विषयक कार्यहरू कर्तव्य कर्मको दायरामा पर्दछन्। यस्ता कुरामा निरन्तरता आएपछि सोही संस्कार सूक्ष्म शरीरमा बस्दै जान्छ। यस्तो संस्कारले अन्तःकरणका दूषित मलिनता हट्नमा बल मिल्दछ।
यस्ता दूषित मलिनता पूर्व जन्मबाट पनि सरेर आउने हुनाले वर्तमानलाई मात्र अन्दाज गरेर हुँदैन। परिस्कृत संस्कार बसेपछि यस अघिका दूषित गुणहरू पनि क्रमिक रूपमा हट्दै जाने हुन्छन्। यस्तो साधनाको परिपाक अवस्था नै सूक्ष्म शरीरको नाश र परमात्मा एकाकार हो। त्यही ध्येय तत्त्व परमात्म चैतन्य तेज एवं सोको शक्ति उपर केन्दि्रत हुनु पर्दछ। आफ्नो यथार्थ स्वरूप तत् अर्थात् त्यो दैवी तेज नै हो। त्यही तेज नै आफ्नो चेतना हो र चेतना नै सर्वस्व हो। यसको अनुपस्थितिमा शरीर मृत नै हुन्छ। दूषित विकारीपनमा सञ्चित कर्म र क्रियमाण कर्म स्थापित रहेको हुन्छ। सञ्चित कर्म र क्रियमाण कर्मको समुच्च रूप नै प्रारब्ध हो।
  • धियो यो नः प्रचोदयात्
धियो भनेको बुद्धि हो। योले दैवी शक्तिमा लक्ष्यित गरेको छ। नः भनेको हाम्रो भन्ने बुझिन्छ। प्रचोदयात् भनेको अभिपे्ररित होओस् वा उन्मुख होओस् वा उत्प्रेरित होओस् भन्ने अर्थ लाग्छ अर्थात् हाम्रो बुद्धिवृत्ति सोही परमात्म तेजतर्फ उन्मुख होओस् भन्ने बुझिन्छ। अतः यहाँ बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ।
यसरी गायत्री मन्त्रको छोटकरी अर्थ हुन आउँछ आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौं। उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।

गायत्री मन्त्रको अर्थ:-

"ॐ भूर्भुवस्व: | तत्सवितुर्वरेण्यम् | भर्गो देवस्य धीमहि | धियो यो न: प्रचोदयात् "

गायत्री मन्त्रको अर्थ
~~~~~~~~~~~
ॐ - जाग्रत, स्वप्न, सुषुप्ति तीनै अवस्थामा साक्षी स्वरुप भै रक्षा गर्ने,

भूः - पृथिवीमा अग्नि स्वरुपले रहने,

भुवः - आकाशमा वायु स्वरुपले रहने,

स्वः - र्स्वर्गमा सूर्य स्वरुपले रहने, (हे परमेश्वर !)

सवितुः - समस्त विश्वमा चेतन स्वरुपले रही सत्कार्यमा प्रेरणा दिने,

देवस्यः - अनन्त कोटि ब्रह्माण्ड रचना गरेर अनन्त लीला गर्ने (हजुरको)

वरेण्यम् - सबैले वरण (स्वीकार) नगरी नहुने,

भर्गः - जन्म र मरणको बीज भुटेर मुक्ति दिने,

तत् - त्यो ज्योति स्वरुपको,

धीमहि - ध्यान गरिरहन सकौं, (सधैं सम्झना गरिरहन सकौं )

यः - जुन हजुरले,

नः - हामी सबैको,

धियः - चित्तका वृत्तिहरुलाई,

प्रचोदयात् - असल कर्ममा लागि रहने प्रेरणा दिनुहोस्
...जय पाथिभरा...जय जय जय !!!!

Sunday, February 23, 2014

पिरो खानेकुराका फाइदाह

तपाईंलाई पिरो खानेकुरा खान औधी मनपर्छ होला । पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, अब पिरोका पारखीहरुलाई खुसीको खबर छ । एउटा अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः तौल कम गर्छः यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ । क्यान्सर रोक्छः अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ । मुटुलाई स्वास्थ राख्छः खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन । रक्तचापलाई कम गर्छः अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ । रिसलाई नियन्त्रण गर्छः पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।

Friday, February 21, 2014

दुर्लभ रातो पान्डा सङ्खुवासभामा भेटियो

संखुवासभा । संखुवासभाको एक मात्र राष्ट्रिय निकुञ्ज मकालु वरुण राष्ट्रिय निकुञ्जमा विश्वबाटै लोप भइसकेको दुर्लभ जनावर रातो पान्डा भेटिएको छ ।
निकुञ्जका कर्मचारीका अनुसार जिल्लाको किमाथाङ्काको पोप्टी भञ्ज्याङमा नौ दिनभित्रमा दुईवटा रातो पान्डा भेटिएको हुन् । भेटिएका दुर्लभ रातो पान्डा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा रहेको बताउँदै मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभाका रेन्जर मन्जित बिष्ट भने (’हामीले एक साताभित्रैमा विश्वकै दुर्लभ जनावर रातो पान्डा भेटाएका हौँ ।’
बिष्टका अनुसार निकुञ्ज क्षेत्रमा मात्रै लगभग ४० वटा रातो पान्डा रहेको अनुमान गरिएको छ । करिब दुई हजार ५ सयदेखि पाँच हजार मिटरसम्मको उच्च पहाडी वनजङ्गलको वातावरणमा बस्न मन पराउने रातो पान्डा करिब १० देखि २५ डिग्री सेन्टिग्रेड तापक्रमको वनजङ्गलमा पाइने गर्दछ ।

Friday, February 14, 2014

Story of St. Valentine


"The story of Valentine's Day begins in the third century with an oppressive Roman emperor and a humble Christian Martyr.   The emperor was Claudius II.   The Christian was Valentinus.
Claudius had ordered all Romans to worship twelve gods, and had made it a crime punishable by death to associate with Christians.   But Valentinus was dedicated to the ideals of Christ; not even the threat of death could keep him from practicing his beliefs.   He was arrested and imprisoned.
During the last weeks of Valentinus's life a remarkable thing happened.   Seeing that he was a man of learning, the jailer asked whether his daughter, Julia, might be brought to Valentinus for lessons.   She had been blind since birth.   Julia was a pretty young girl with a quick mind.   Valentinus read stories of Rome's history to her.   He described the world of nature to her.   He taught her arithmetic and told her about God.  She saw the world through his eyes, trusted his wisdom, and found comfort in his quiet strength.
"Valentinus, does God really hear our prayers?" Julia asked one day.
"Yes, my child, He hears each one."
"Do you know what I pray for every morning and every night?  I pray that I might see.   I want so much to see everything you've told me about!"
"God does what is best for us if we will only believe in Him," Valentinus said.
"Oh, Valentinus, I do believe! I do!"  She knelt and grasped his hand.
They sat quietly together, each praying.   Suddenly there was a brilliant light in the prison cell.   Radiant, Julia screamed, "Valentinus, I can see!  I can see!"
"Praise be to God!"  Valentinus exclaimed, and he knelt in prayer.




On the eve of his death Valentinus wrote a last note to Julia, urging her to stay close to God.   He signed it, "From your Valentine."  His sentence was carried out the next day, February 14, 270 A.D., near a gate that was later named Porta Valentini in his memory.   He was buried at what is now the Church of Praxedes in Rome.   It is said that Julia planted a pink-blossomed almond tree near his grave.   Today, the almond tree remains a symbol of abiding love and friendship.   On each February 14, Saint Valentine's Day, messages of affection, love, and devotion are exchanged around the world."

St. Valentine's Story

Let me introduce myself. My name is Valentine. I lived in Rome during the third century. That was long, long ago! At that time, Rome was ruled by an emperor named Claudius. I didn't like Emperor Claudius, and I wasn't the only one! A lot of people shared my feelings.
Claudius wanted to have a big army. He expected men to volunteer to join. Many men just did not want to fight in wars. They did not want to leave their wives and families. As you might have guessed, not many men signed up. This made Claudius furious. So what happened? He had a crazy idea. He thought that if men were not married, they would not mind joining the army. So Claudius decided not to allow any more marriages. Young people thought his new law was cruel. I thought it was preposterous! I certainly wasn't going to support that law!
Did I mention that I was a priest? One of my favorite activities was to marry couples. Even after Emperor Claudius passed his law, I kept on performing marriage ceremonies -- secretly, of course. It was really quite exciting. Imagine a small candlelit room with only the bride and groom and myself. We would whisper the words of the ceremony, listening all the while for the steps of soldiers.
One night, we did hear footsteps. It was scary! Thank goodness the couple I was marrying escaped in time. I was caught. (Not quite as light on my feet as I used to be, I guess.) I was thrown in jail and told that my punishment was death.
I tried to stay cheerful. And do you know what? Wonderful things happened. Many young people came to the jail to visit me. They threw flowers and notes up to my window. They wanted me to know that they, too, believed in love.
One of these young people was the daughter of the prison guard. Her father allowed her to visit me in the cell. Sometimes we would sit and talk for hours. She helped me to keep my spirits up. She agreed that I did the right thing by ignoring the Emperor and going ahead with the secret marriages. On the day I was to die, I left my friend a little note thanking her for her friendship and loyalty. I signed it, "Love from your Valentine."
I believe that note started the custom of exchanging love messages on Valentine's Day. It was written on the day I died, February 14, 269 A.D. Now, every year on this day, people remember. But most importantly, they think about love and friendship. And when they think of Emperor Claudius, they remember how he tried to stand in the way of love, and they laugh -- because they know that love can't be beaten!


Monday, February 10, 2014

यस्तो छ सुशील कोइरालाको जीवनी

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट वि।सं। १९९६ साउनमा जन्मिएका सुशील कोइराला हलिउडको हिरो हुने लक्ष्यलाई परिवर्तन गरेर राजनीतिमा आएका हुन् । आज उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ‘भाग्यमानी’ ठहरिएका छन् ।
वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका कोइरालाले विसं। २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला विगत ५० वर्षदेखि निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन् ।
विसं।०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२ औँ महाधिवेशनबाट कोइराला सभापतिमा निर्वाचित भएका हुन् ।
इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला अहिले समकालीन नेताहरुमध्ये सबैभन्दा सादा जीवन व्यतीत गर्ने पार्टी सभापति हुन् । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि १६ वर्षसम्म प्रवास भारतमा बसेका कोइरालाले कोलकाता र पटनामा पत्रकार सम्मेलन गरी भारतीय एवं अन्तराष्ट्रिय सञ्चार माध्यमलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने महत्वपूर्ण काम गरेका थिए ।
नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला पार्टीको १२ औं महाधिवेशनबाट नेता शेरबहादुर देउवालाई पराजीत गर्दै पार्टी सभापतिमा निर्वाचित हुनुभएको हो ।
भारतमा क्रुर यातना
वि।सं। ०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारवेसगञ्जमा उतारियो । त्यही विमान अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो । विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले मुम्वई, कालिङपोङ लगायत भारतका विभिन्न शहरमा भूमिगत जीवन बिताएका थिए ।
पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित भारतको तिहाड, अररिया, पूणिर्या, भागलपुर आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख त्यहीबेला पाएका थिए ।
विसं। ००७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष भारतमा बिताएका छन् ।
वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र वेलायतलगायतका युरोपियन मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन् ।
विसं। ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक(पटक अस्वीकार गर्दै आएका थिए । ०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वाचित भएका कोइराला पार्टीको संसदीय दलको नेतामा शेरबहादुर देउवालाई १६ मतले पराजित गर्दै निर्वाचित भएपछि प्रधामन्त्रीको कुर्सीमा पुग्न सफल भएका हुन् ।

Thursday, February 6, 2014

सरकारले लुकायो सैन्य हेलिकोप्टर खरिद कार्यविधि, अनियमितताको शंका

२३ माघ, काठमाडौं । नेपाली सेनाका लागि आवश्यक दुईओटा हेलिकोप्टर खरिद प्रक्रिया विवादित बनेपछि आफैंले पारित गरेको खरिद कार्यविधि नै सरकारले लुकाएको छ ।
हेलिकोप्टर खरिदका लाग नेपाली सेनाले प्रस्ताव गरेको ‘एमआई–१७ हेलिकोप्टर खरिदसम्बन्धी कार्यविधि’ लाई अस्वीकार गरी आफैंले नयाँ कार्यविधि बनाएर खरिद अनुमति दिएको सरकारले खरिद प्रक्रियाको पारदर्शिताबारे टिप्पणी र चासो बढेपछि लुकाएको हो ।
गत १४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले सेनाले पेस गरेको खरिद कार्यविधिलाई सार्वजनिक खरिद ऐनले दिएको अधिकार प्रयोग गरी परिमार्जनसहित प्रतिगोटा १ करोड ६२ लाख अमेरिकी डलर ९करिब १ अर्ब ६२ करोड रूपैयाँ० पर्ने दुई हेलिकोप्टर खरिदका लागि अनुमति प्रदान गरेको थियो ।
खरिद प्रक्रियामा अनियमितताको आशंका देखेपछि राजधानीले गत १२ माघमा नेपाली सेनाका लागि रुसी कम्पनीसँग हेलिकोप्टर खरिद गर्नका लागि पारित गरेको कार्यविधि, कार्यविधि बनाउनुपर्ने कारण, औचित्य, प्रक्रियालगायतका मन्त्रिपरिषद् बैठकबाट भएरगरेका निर्णय तथा आदेशहरू सूचनाको हक प्रयोग गर्दै सरकारसँग जानकारी मागेको थियो । मन्त्रिपरिषद्को कार्यालयले माग गरेको सूचना सरकारको आधिकारिक वेबसाइटमा भएको भन्दै त्यहींबाट हेर्न भनेको राजधानी दैनिकमा खबर  छ ।
‘मुख्य सचिवलाई सम्बोधन गरेर माग गर्नुभएको मन्त्रिपरिषद् बैठकका निर्णय यस कार्यालयको वेबसाइट डब्लूडब्लूडब्लू डट ओएमसीपीएम डट जीओभी डट एनपीमा यसअघि नै राखिएको व्यहोरा जानकारीका लागि आदेशअनुसार अनुरोध छ,’ मन्त्रिपरिषद्को प्रेस तथा वैदेशिक सम्बन्ध शाखाका शाखा अधिकृत पोषण लामिछानेले हस्ताक्षर गरेको सूचनासम्बन्धी पत्रमा भनिएको छ ।
सरकारले गत १४ कात्तिकमा पारित गरेको कार्यविधिसम्बन्धी सूचनामा भने कार्यविधि परिमार्जनसहित पारित गरिएको मात्र उल्लेख छ । ‘नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णयले नेपाली सेनाका लागि हेलिकोप्टर खरिद गर्न सैद्धान्तिक स्वीकृति दिइसकेको हुँदा सो कार्यान्वयन गर्ने सिलसिलामा प्रस्तावसाथ संलग्न एमआई–१७ हेलिकोप्टर खरिदसम्बन्धी कार्यविधिको सट्टा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६७ को उपदफा २ बमोजिम मन्त्रिपरिषद्ले परिमार्जन गरेको यसैसाथ संलग्न नेपाली सेनाका लागि हेलिकोप्टर खरिदसम्बन्धी कार्यविधि अवलम्बन गरी नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि उपयुक्त हुने दुई थान हेलिकोप्टर खरिद गर्न स्वीकृति प्रदान गर्ने,’ वेबसाइटमा राखिएको निर्णयमा भनिएको छ ।
सो निर्णयमा पारित कार्यविधि र संशोधन दुवै उल्लेख छैन । तर, सरकारले माग गरेको सूचना त्यहीं उपलब्ध भएको भन्दै दिन अस्वीकार गरेको हो । मन्त्रिपरिषद्ले सेनाले पेस गरेको खरिद कार्यविधि अस्वीकार गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६७ को उपदफा २ बमोजिम अर्को कार्यविधि बनाएर खरिद अनुमति दिएको थियो । ऐनको सो दफामा ऐनबमोजिमको प्रक्रिया अपनाई सुरक्षा, सामरिक वा प्रतिरक्षासम्बन्धी खरिद गर्न राष्ट्रिय सुरक्षा वा प्रतिरक्षासम्बन्धी दृष्टिकोणबाट उपयुक्त नहुने भनी नेपाल सरकारले निर्णय गरेमा खरिद गर्नुपर्ने कारण खुलाई तत्सम्बन्धी छुट्टै कार्यविधि निर्धारण गर्नुपर्ने उल्लेख छ । तर, राजधानीले मागेको सो ऐनबमोजिम बनाइएको कार्यविधिसमेत मन्त्रिपरिषद्ले लुकाएको छ ।

Thursday, January 16, 2014

मालपोत अधिकृतले आँखा एक आना जग्गामा

भक्तपुर,
जिल्ला मालपोत कार्यलयका हाकिम हरि वखतीले करिव १५ मुल्य वरावरको एक आना जग्गामा आँखा गाडेका छन् । उनले भक्तपुर मध्यपुर थिमी नगरपालीका दिब्यश्वरी स्थित कित्ता नम्वर ८०३ को जग्गा दर्ता सम्वन्धी विषयलाई लिएर सेवा ग्राहि संग एक आना जग्गा मागेको आरोप सेवा ग्राहिले लगाएका छन् ।
गत आईतवार जग्गा दर्ता सम्वन्धी कार्यका लागि मालपोत हाकिम हरि वखतीले कायस्थ परिवार संग एक आना जग्गा माग्दा विवाद भएपछि सेवा ग्राहीले भक्तपुर मालपोत कार्यालयका पं्रमुखलाई उनकै कार्यकक्षमा गत आईतवार घेरेका  हुन् । काम गर्न पनि ढिलासुस्ती गर्ने तथा सानोभन्दा सानो काम गर्न पनि विभिन्न तरिकाले घुस माग्ने आरोप खेप्दै आएको मालपोत कार्यालयमा आइतबार सेवाग्राहीले काम नगरी आलटाल गरेको र मोटो रकम घुस मागेको आरोप लगाउँदै मालपोत अधिकृत हरि वखतीलाई बिहान दश वजेदेखि दिउँसो ३ बजेसम्म उनकै कार्यकक्षमा घरेका  थिए ।
 सो क्रममा सेवाग्राहीहरुले मालपोत परिसर र मालपोत अधिकृतको कक्षमा नाराबाजीसमेत गरेका थिए ।
भक्तपुर खौमा निवासी विजय कायस्थ , तरुण दलका पुर्व सभापती विनोद कायस्थ , प्रसान्त कायस्थ तथा तिलक कायस्थको मध्यपुर थिमी नगरपालीका १५ ख को कित्ता नंम्वर ८०३ नम्वरको जग्गामा फिल्ड वर्क भई सक्दा समेत पुर्जा बनाउन मालपोत कार्यालयले आनाकानी गदै विगत २ महिनादेखि झुलाउँदा र विभिन्न वहानामा काम नगरी दुःख दिदाँ आक्रोशित बनेका सेवाग्राहीहरुको एक टोलीले कार्यालय परिसरमै अधिकृतलाई घेराउ गर्न आफूहरु विवस भएको प्रसान्त कायस्थले वताए ।
सेवाग्राही प्रशान्त कायस्थका अनुसार कुल ८ आना क्षेत्रफल भएको आफ्नो नामको जग्गाको पुर्जा बनाउन निवेदन दिदाँ मालपोत अधिकृत बखतीले खुलेआम एक आना जग्गा माग गरेको आरोप समेत लगाएका छन् ।
उनले सवै प्रक्रिया पुरा भई सक्दा पनि मालपोत कार्यालयले सेवाग्राहीलाई दुःख दिने मनसायले काम नगरिकन ढिलासुस्ती गर्ने पनि वताए ।
मालपोत अधिकारीले माग गरेको मथिनपा दिब्यश्वरी स्थित जग्गाको हाल १५ लाख प्रति आना कारोवार भई रहेको छ ।
सोही क्रममा मालपोतमा भई रहेको ढिलासुस्ती र अवेवस्थित कार्य प्रणाली सुधारको माग गदै लेखापढी ब्यवसायी संघका पदाधिकारीहरुले पनि मालपोत अधिकृत बखती संग अनुरोध गरेका थिए ।
सेवा ग्राहीको घेरामा परेका अधिकृत बखतीले भने आफुले प्रक्रिया संगत रुपले काम गरेको दाबी गदै जानी जानी ढिलासुस्ती नगरेको वताए । उनले केहि सेवा ग्राहिले नियोजित रुपमा आफुलाई आरोप लगाएको प्रतिक्रिया दिए ।
त्यसोत  विगतमा मालपोत भित्रको भ्रष्टाचारका वारेमा विभिन्न समाचार माध्यमले नलेखेका होइन् । बखती अख्तियारमै बसेर आएका कारण दर्जन भन्दा वढि भ्रष्टाचारका उजुरीहरु त्यसै तुहिएको स्रोतले वताएको छ । स्रोतका आनुसार आईतवारको सो जन आक्रोसलाई दवाउन उनि सुरक्षा घेराको दलवल सहित कार्यालय प्रवेश गरेको प्रति लेखापढी एसोसियसनले तत्काल विरोध जनाई मालपोतमा उनका कारण भएको ढिलासुस्ती र भ्रष्टाचारको जरो मौलाएको प्रति अपत्ती जनाएका थिए ।
सो भक्तपुर लेखापढी एसोशिएसनका पुर्व र वर्तमान अध्यक्षहरु राजेन्द्र बस्नेत, रविन्द्र प्रधान ,अनिल भुजु लगाएतका ब्यवसायीहरुले आईतवार बखतीको कार्यकक्षमा घेराउ गरि सुद्रिनका लागि चेतावनी समेत दिएका थिए ।

Tuesday, January 14, 2014

सुडान काण्ड भन्दा पनि ठुलो काण्ड नेपाल आर्मीमा


हालै नेपाली सेनाका मेजर जनरल प्रदिप राणाले रोसओवरोन एक्सपोर्ट रसियन डिफेन्स कन्ट्रयाक्टरसँग २ वटा ःक्ष्(ज्ञठ(ख्छ एम आई १७ भी फाईभ ट्रान्सफेट भर्सन हेलिकप्टर ३२५ करोडमा खरिद गर्ने सम्झौता सुडान काण्डका अभियुक्त शम्भु भारतीलाई नै दिएको स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा १२० करोड पर्ने एम आई १७ भी फाईव हेलिकप्टर दुई थान नेपाली इतिहासमा नै ठुलो घोटाला गदै नेपाल आर्मीले भारती मार्फत ३२५ करोडमा नेपाल भित्राउन लागेको स्रोतले जनाएको छ ।
नेपाली सेनाको ः।न्।इ अफिसमा कार्यरत सेनाका अधिकृतका अनुसार उलान उदय हेलिकप्टर कम्पनीले नेपाली सेनालाई पत्र एवं फ्याक्स मार्फत आफूले नेपाली सेनालाई एम आई १७ भी फाईव व्रान्ड न्यू हेलिकप्टर नेपाली मुल्य २४० करोडमा दिने पत्राचार गरेको थियो । तर उक्त पत्रलाई गायव पारी रोसओवरोनसँग ३२५ करोडमा ग्लोवल टेण्डरविना नै शम्भु भारतीमार्फत खरिद प्रक्रिया अगाडि बढाएको आर्मी स्रोतले जनाएको छ ।
ठिक यस्तै हेलिकप्टर नेपाली सेनाले सन् २००५ मा रसियन हेलिकप्टर निर्माता कजान हेलिकप्टर संग द्यच्ब्ल्म् ल्भ्ध् त्च्ब्ल्क्एइच्त् ःक्ष् – ज्ञठ  सम्झौता गरेर ी।ऋ समेत खोलेको थियो तर त्यस  बेला उक्त हेलिकप्टर दुई थान खरिदका लागि ६४ करोडमा सम्झौता भएको थियो । तात्कालिन विस्तृत शान्ति सम्झौताका कारण उक्त सम्झौता खारेज भएको थियो ।
सन् २००५ मा ६४ करोडमा सम्झौता भएको यस्तै हेलिकप्टर हाल आएर भने नेपाल आर्मीले विना ग्लोवल टेण्डर एक हेलिकप्टरको मुल्य १६२.५ करोडमा सम्झौता गरी २ वटा हेलिकप्टर ३२५ करोडमा ल्याउन लागेको नेपाली सेनाले पुष्टी गरेको छ ।
यो सम्झौताभन्दा पहिला पनि नेपाली सेनाले कजान हेलिकप्टरसँग ग्लोवल टेण्डरमार्फत एम आई १७ हेलिकप्टर खरिद गरेको थियो । पहिला पनि नेपाल आर्मीलाई हेलिकप्टर सप्लाई गरी सकेको उलान उदय हेलिकप्टर कम्पनी र कजान हेलिकप्टर कम्पनीले हाल पनि नेपाली सेनालाई हेलिकप्टरबारे बारम्बार सम्पर्क गरे पनि नेपाली सेनाले भने वेवास्ता गरी मनोमानी रुपमा आफै रोसओभरोनसँग ३२५ करोडमा सम्झौता गरेको छ ।
सुडान घोटाला काण्डभन्दा पनि ठूलो यस घोटाला काण्डमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने मौन रहे पनि अन्य मतियारहरुको विषयमा अन्य अंकमा निरन्तर आउने छ ।


Monday, January 13, 2014

मालपोत अधिकृतलाई सेवा ग्राहीले घेरे, पुर्व तरुण दलका अध्यक्ष विनोद कायस्थको नै मालपोत प्रमुख हरी वखतीले पुर्जा वनाउन एक आना माग गरेपछि भक्तपुर वासी आक्रोसीत

भक्तपुर,


जग्गा दर्ता सम्वन्धी कार्यमा आफ्नो बाजेको नाममा रहेको जमिन आफ्नो नाममा ल्याउनका लागि दर्ता प्रक्रिया अगाडी वढाईएको तरुण दलका पुर्व सभापती विनोद कायस्थको जमिनको पुर्जा वनाउन मालपोत प्रमुख हरि वखतीले एक आना जग्गा माग गरेपछि  सेवा ग्राहीले  भक्तपुर मालपोत कार्यालयका पं्रमुख हरि वखतीलाई घेरेका छन् । काम नहुने तथा सानोभन्दा सानो काम गर्न पनि विभिन्न तरिकाले घुस माग्ने आरोप खेप्दै आएको मालपोत कार्यालयमा आइतबार सेवाग्राहीले काम नगरी आलटाल गरेको र मोटो रकम घुस मागेको आरोप लगाउँदै मालपोत अधिकृत हरि वखतीलाई बिहान दश वजेदेखि दिउँसो ३ बजेसम्म घरेका  थिए । सो क्रममा सेवाग्राहीहरुले मालपोत परिसर र मालपोत अधिकृतको कक्षमा नाराबाजीसमेत गरेका थिए ।
भक्तपुर खौमा निवासी विजय कायस्थ तरुण दलका पुर्व सभापती विनोद कायस्थ , प्रसान्त कायस्थको मध्यपुर थिमी नगरपालीका १५ ख को कित्ता नंम्वर ८०३ नम्वरको जग्गामा फिल्ड वर्क भई सक्दा समेत पुर्जा बनाउन मालपोत कार्यालयले आनाकानी गदै विगत २ महिनादेखि झुलाउँदा र विभिन्न वहानामा काम नगरी दुःख दिदाँ आक्रोशित बनेका सेवाग्राहीहरुको एक टोलीले कार्यालय परिसरमै अधिकृतलाई घेराउ गर्न आफूहरु विवस भएको सेवाग्राही प्रसान्त कायस्थले बताए ।
सेवाग्राही प्रशान्त कायस्थका अनुसार कुल ८ आना क्षेत्रफल भएको आफ्नो नामको जग्गाको पुर्जा बनाउन निवेदन दिदाँ मालपोत अधिकृत बखतीले खुलेआम एक आना जग्गा माग गरेको आरोप लगाए । उनले सवै प्रक्रिया पुरा भई सक्दा पनि मालपोत कार्यालयले सेवाग्राहीलाई दुःख दिने मनसायले काम
नगरिकन ढिलासुस्ती गर्ने पनि वताए ।
मालपोत अधिकारीले माग गरेको मथिनपा दिब्यश्वरी स्थित जग्गाको हाल १५ लाख प्रति आना कारोवार भई रहेको छ ।
सोही क्रममा मालपोतमा भई रहेको ढिलासुस्ती र अवेवस्थित कार्य प्रणाली सुधारको माग गदै लेखापढी ब्यवसायी संघका पदाधिकारीहरुले पनि मालपोत अधिकृत बखती संग अनुरोध गरेका थिए ।
सेवा ग्राहीको घेरामा परेका अधिकृत बखतीले भने आफुले प्रक्रिया संगत रुपले काम गरेको दाबी गदै जानी जानी ढिलासुस्ती नगरेको वताए । उनले केहि सेवा ग्राहिले नियोजित रुपमा आफुलाई आरोप लगाएको प्रतिक्रिया दिए ।

Thursday, January 9, 2014

नेपाल आर्मी मनोमानी रुपमा ग्लोवल टेन्डर विना नै हेलिकप्टर खरिद गर्ने प्रक्रियामा

 हरेक सामान खरीदका लागि पनि टेन्डरमा जाने नेपाल सरकारको नियम भए पनि नेपाल आर्मीले आफ्नो संस्थागत प्रयोजनका लागि अत्यावश्यक रहेको हेलिकोप्टर भने विना टेन्डर नै मनोमानी रुपमा खरीद प्रक्रियामा पुगेको छ ।
आर्मीले आफ्नो प्रयोजनका लागि दुईवटा कम्ब्याक्ट हेलिकोप्टरको लागि तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल आर्मीको नाममा बजेट विनियोजन गरे पनि आर्मीले भने एकतर्फी रुपमा हेलिकोप्टर खरीद गर्ने तयारीमा जुटेको छ । तात्कालिन समयमा नेपाल आर्मीलाई आवश्यक रहेको कम्ब्याक्ट हेलिकोप्टर खरिदका लागि नेपाल सरकार र खरिद गरिने देशको सरकारको सम्झौतामा आर्मीले हेलिकोप्टर खरिद गर्न पाउने गरि ग्लोवल टेण्डर सम्म आफैले गर्न पाउने गरि बजेट विनियोजन गरेको भएपनि रजवेरियन एक्सपोर्ट भन्ने डिफेन्स कन्ट्रायाक्टर संग सम्झौता गरेको छ ।

 गरी आर्मीले ३२० करोडको हेलिकोप्टर खरीद गर्ने गोप्य तयारी गरिरहको  छ ।
आर्मीलाई अत्यावश्यक रहेको एम आई १७ भी फाइव९ःक्ष् ज्ञठ ख्छ० कम्ब्याक्ट हेलिकोप्टर खरीद गर्नका लागि अर्थ मन्त्रालयवाट बजेट विनियोजन गरे पनि  आर्मीले भने नन् कम्ब्याक्ट हेलिकोप्टर खरीद गर्न लागेको छ । विगतको समयमा आर्मीलाई हेलिकोप्टर दिइरहेको उलान उदय र कजान हेलिकोप्टर कम्पनीसँग कुनै सम्पर्क नै नगरीकनै रसियन रोज्बेरन् एक्स्र्पोट(च्यकभदभचयल भ्हउयचत) भन्ने डिफेन्स कन्त्र्याक्टरसँग एकोहोरो सम्झौता गरेर दुई थान नन् कम्ब्याक्ट  हेलिकोप्टर खरीद गर्ने तयारीमा जुटेको छ ।
कुनै पनि सामान विदेशीसँग खरीद गर्दा अनिवार्य गर्नुपर्ने ग्लोेवल टेन्डर नै नगरी आर्मीले मनोमानी ढंगले हेलिकप्टर खरिद गर्न लागेको हो ।  अन्तराष्ट्रिय बजारमा हाल कम्ब्याक्ट हेलिकोप्टर दुई थान खरिद गर्दा २५० करोड भन्दा बढि नपर्ने भए पनि आर्मीले भने नन् कम्ब्याक्ट हेलिकोप्टर नै ३२० करोड तिरेर नेपाल भित्राउने तरखरमा लागि परेको छ । नेपाल आर्मीलाई हाल कम्ब्याक्ट हेलिकोप्टरको आवश्यकता भएको भएपनि उसले भने नन् कम्ब्याक्ट साधारण हेलिकोप्टरका लागि रसियन संस्था संग सम्झौता गरि सकेको छ । यसरी कम्ब्याक्टको नाम लिएर नन् कम्ब्याक्ट साधारण हेलिकोप्टर खरिद प्रक्रियामा जाँदा यसका सम्वन्धमा अख्तियारमा मुद्धा दायर भई सकेको छ तथापी अख्तियारले आज सम्म यस सम्वन्धमा अनुसन्धानका लागि कुनै चासो देखाएको छैन ।
आर्मीले तत्कालिन राजतन् त्र रहेको समयमा समेत मनोमानी प्रक्रियावाट कुनै पनि सामान खरिद नगरेकोमा हाल भने आफ्नो एकलौटी निर्णयमा ग्लोवल टेण्डर विना नै कम्ब्याक्ट हेलिकोप्टरको नाममा नन् कम्ब्याक्ट हेलिकोप्टर खरिद गर्न लागेको छ ।
यो सम्झौतामा आर्मीको प्रत्यक्ष रुपमा घोटाला रहेको प्रमाणका रुपमा आर्मीको सामान खरिद गर्ने एमजियो ःबकतभच न्भलभचब िइचमष्लबलअभ को पद नै खाली हुने गरी यो कन्ट्रयाक्टमा सहमत भएपछि एक साता भित्रमा नै जनरल प्रदिप विक्रम राणालाई समय अगावै तीन तारे जनरलमा वढुवा गर्दा हालसम्म उक्त पदसमेत खाली छ । सो पद खाली रहेको अवस्थामा आर्मीले अन्तर्राष्टिय रुपमा खरीद गर्ने सबै काममा अवरोध पुगेको छ ।
सुडान घोटाला काण्डभन्दा पनि ठुलो रुपमा हुन लागेको यो घोटाला काण्डमा नेपाल आर्मीले अन्तराष्टिय वजारमा भन्दा पनि अधिक मुल्यमा हेलिकोप्टर नेपाल भित्राउँदा नेपाली जनताले तिरेको करको दुरुपयोग भएको छ ।
उक्त हेलिकोप्टर खरिद प्रक्रियामा रसियन राजदुतावासको पनि स्वार्थ रहेकोले उसले नेपाल आर्मीलाई टेन्डर विना नै उसको देशबाट  हेलिकोप्टर खरीदको लागि  अनुमति दिएको हुनसक्ने बुझिएको छ ।

आर्मीको विनियम अनुसार १० हजारभन्दा माथिको सामान खरीद गर्नका लागि अनिवार्य रुपमा टेन्डर आह्वान गर्नुपर्ने प्रावधान छ । सो प्रावधानलाई समेत बेवास्ता यस्तै कुनै पनि अन्तराष्ट्रिय रुपमा सामान सरकारी सामान खरिद गर्दा कन्ट्रयाक्ट सहि गरेको ब्यक्ती वा संस्थाले नेपाल सरकारको प्रर्फरमेन्स वोन्ड खरिद गर्नु पर्ने प्रावधान रहेको भएपनि यो खरिद प्रक्रियामा भने प्रफर्मेन्स वोन्ड समेत खरिद गरिएको छैन ।
यस्तै कम्ब्याक्ट हेलिकोप्टर तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा सन् २००५ मा नेपाल आर्मीका लागि नै ३२ करोडमा कजान हेलिकोप्टर संग खरीद गर्न सम्झौता भए पनि गणतन्त्र स्थापनापछि भने उक्त सम्झौता अमान्य हुने राजनीतिक सहमतिका कारण हेलिकोप्टर खरिद प्रक्रियानै रद्ध भएको भन्दै तात्कालिन अर्थ मन्त्रीले खरिद प्रक्रियानै रोकेका थिए ।

Monday, December 30, 2013

परीक्षामा पढेको कुरा सम्झिने उपाय

पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षाहलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरा समेत परीक्षा हल भित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ।

चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ । यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन । स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र विभिन्न खालका औषधि खान पनि पछि पर्दैनन् । तर यस्ता औषधि उतिसारो कामयावी हुन सक्दैनन् ।
परीक्षाहलमा छिरेपछि पढेको कुरा बिर्सिने वा लेख्न नसक्ने समस्या हटाउन योगाको सहारा लिनु उपयुक्त हुने योग विशेषज्ञहरुको भनाइ छ । विधि – पैताला जोडेर सिधा उभिनुहोस् । एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् । त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस् । र छाड्नुहोस् ।
माथिपट्टि हेर्नुहोस् र शरीर सिथिल पार्नुहोस् । यो प्रक्रिया केहीबेर दोहोराउनुहोस् । दैनिक यस्तो योगा गर्दा स्मरण शक्ति बढ्छ । मन शान्त हुन्छ । आँखाको व्यायाम पनि हुन्छ र मस्तिष्कको शक्तिको विकाश हुन्छ । साथै टाउको दुख्ने समस्या कम हुनुका साथै आँखाको दृश्य क्षमता पनि बढ्छ । 

रुघा लागेको छ ? यसो गर्नुहोस्

 रुघा सामान्य रोग भएपनि यसले सताएपछि कस्तो हैरानी व्यहोर्नुपर्छ भन्ने कुरा रुघा लागेको बेलामा मात्रै थाहा हुन्छ ।संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् ।जनस्वास्थ्य सम्बन्धी डा. अरणा उप्रेतीका अनुसार रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् ।common cold
घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स-साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने सम्भावना बढी हुन्छ ।  रुघा लागेको व्यक्ति कोठाका झ्याल-ढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन ।
 त्यसो भए रुघा लागेको बेला के गर्ने त ? डा. उप्रेतीको सल्लाह यस्तो छ :
रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने
रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।
भिटामिन सी
अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।
 आराम र पानी
रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घाँटीमा के-के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चाँडै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केहि पोषण तत्त्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक रूपमा धेरै थाक्ने काम चाहिँ गर्नुहुन्न ।
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नून हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५-६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।
मह र कागती
घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनओटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
तातो पानीको वाफ
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा बास्ना आउने सञ्चो या टिञ्चर बेञ्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा सास लिन सजिलो हुन्छ ।
औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन, तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।
 घरेलु औषधि
तुलसीको पात र दानालाई २-३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा आउन थालेको छ ।