का. सञ्जु, भनिरहन्थिन्, दाइ सुनाउनु न गजल । ‘आज त मैले नोट कपि नै बोकिँन त’ भन्दा पनि पत्याउँदिनथिन् र हल्का मुस्कान ओठमा ल्याएर भन्थिन,‘म विश्वास गर्दिन, दिनुस् त ब्याग ।’ आफै ब्याग खोस्थिन र खोज्थिन् गजल । गजल भेटेपछि सुरुमा आफै पढ्थिन । मुस्कुराउँथिन्, मलाई पुलुक्क हेरेर जिद्दि गर्थिन्। ‘तपाइँ हुँदा हुँदा पनि लुकाउने गजल, ल अब सुनाउनु त आफ्नै मुखले गजल ।’ उनी आग्रह गर्थिन् । म सुनाउँथे ।
तर आज त्यो साथी, साहित्य रुचाउने अझ बढी गजल खोज्ने साथीले अघि पछि भनेजस्तै गरी गएँ है सम्म पनि नबनी विदा भएकी छिन् । उनैको सम्झाना र समर्पणमा फेरि कोरेको छु गजल ।
तर आज त्यो साथी, साहित्य रुचाउने अझ बढी गजल खोज्ने साथीले अघि पछि भनेजस्तै गरी गएँ है सम्म पनि नबनी विदा भएकी छिन् । उनैको सम्झाना र समर्पणमा फेरि कोरेको छु गजल ।
हारलाई स्वीकार्न गा¥हो हुन्छ
मृत्युलाई पछार्न गा¥हो हुन्छ
आफ्नै मान्छेले अलविदा भन्दा
अनायाश् आँशु झार्न गा¥हो हुन्छ
त्यो खबर् असत्य होस् भन्दा पनि
यर्थाथलाई टार्न गा¥हो हुन्छ
तिमी भन्छौं छोड्दे हुनु भैसक्यो
मीठो अतित मार्न गा¥हो हुन्छ

No comments:
Post a Comment