काठमाडौँ, १९ भदौ ।
शिक्षा मन्त्रालयले तराईका आठ जिल्लाका ३ सय ८१ झोले विद्यालय खारेज गर्ने भएको छ । अख्तियार सहितको अनुगमन टोलीले दिएको प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले ति जिल्लाका ३ सय ८१ विद्यालय बन्द गर्ने , १ सय २२ विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने तथा २५ विद्यालयको तह घटुवा गर्ने भएको हो । ति जिल्लाबाट सरकारले ३ करोड १३ लाख ६८ हजार ४ सय ७० राजश्व समेत उठाएको शिक्षा विभागका सहसचिव सुर्यप्रसाद गौतमले बताउनुभयो ।
शिक्षा मन्त्रालयले बारा जिल्लाबाट दोहोरो निकासा भएको बाट ९४ लाख ६७ हजार ३ सय १ ,रौतहट जिल्लाबाट १० लाख ७८ हजार ५ सय १७, पर्सा जिल्लाबाट २२ लाख ३० हजार, सप्तरी जिल्लाबाट ९लाख ९७ हजार ४८, त्यस्तै सिरहा जिल्लाबाट ५२ लाख ९ हजार ७ सय ३२, सलार्ही जिल्लाबाट १ करोड २३ लाख ८५ हजार ८ सय ७२ गरी कुल ३ करोड १३ लाख ६८ हजार ४ सय ७० राजस्व उठाएको हो ।
शिक्षा मन्त्रालयले तराईका आठ जिल्लामा शैक्षिक विकृति बढेको गुनासाहरू आउन थालेपछि र अख्तियारले समेत कारबाही गर्न थाले पछि गत असारमा अख्तियारको प्रतिनिधिसहितको अनुगमन टोली खटाएको थियो । अख्तियारका प्रतिनिधिसहितका चार जना सदस्यसहितको आठ टोलीले तराईका आठ जिल्लामा एक हप्ता लगाएर अध्ययन तथा अनुगमन गरेका थिए ।
अनुगमन समितीले पर्सामा २० सामुदायिक र १७ धार्मिक विद्यालय,सर्लाहीमा ९६ सामुदायिक अध्ययन केन्द्र र धनुषाका ३ सय ७ बालविकास केन्द्र समेत बन्द गराएको छ । अनुगमन गर्दा विद्यालयको भौतिक संरचना नभएका, विद्यार्थी संख्या न्यून भएका,विद्यालयका मापदण्ड नपुगेका, संचालनमा नआए पनि सरकारी सुविधा लिइरहेका विद्यालयहरू पाइएपछि उनीहरूलाई कारबाहीको लागी सिफारिस गरिएको अनुगमन टोलीका सदस्य समेत रहेका शिक्षा मन्त्रालयका उपसचिव दिनानाथ गौतमले बताए । उनले अनुगमनमा जाँदा विद्यालय भवन, खेल्ने चहुर, खानेपानी, शौचालय र न्यूनतम भौतिक पुर्वाधार समेत नभएका तर विद्यालय भनि संचालन भएका विद्यालयहरूलाई बन्द गर्न लागिएको जानकारी दिए ।
शिक्षामन्त्रालयका अनुसार अनुगमन टोलीले दिएको प्रतिवेदनको आधारमा सबैभन्दा धेरै सर्लाही जिल्लाका १ सय ४४ झोले विद्यालयहरू खारेज भएका छन भने २४ विद्यालयलाई अन्य विद्यालयमा मर्ज गरिएको छ । त्यस्तै महोत्तरी जिल्लाका ७४ झोले विद्यालय खारेज भएका छन भने ६ विद्यालयलाई मर्ज गरिने भएको छ । सिरहाका ४० विद्यालय खारेज र २५ मर्ज हुँदा बारा जिल्लाका २७ विद्यालय खारेज र ३८ विद्यालय मर्ज हुने भएका छन । मन्त्रीस्तरीय निर्णयद्वारा खारेज हुने विद्यालय रौतहटमा ३२ रहेको छ भने १८ विद्यालय मर्ज हुने भएको छ । सप्तरी जिल्लाका २३ विद्यालय खारेज र ३ मर्ज हुँदा पर्सा जिल्लाका १ विद्यालय खारेज र ८ विद्यालय मर्ज गरिने भएको छ । अनुगमन टोलीले धनुषा जिल्लाका ४० विद्यालय खारेज गरेको छ । त्यस्तै सिरहाका २२ तथा पर्साका ३ विद्यालयको तह घटुवा गरेको छ । शिक्षा मन्त्रालयले तराईका आठ जिल्लामा शैक्षिक विकृति बढेको गुनासाहरू आउन थालेपछि र अख्तियारले समेत कारबाही गर्न थाले पछि गत असारमा अख्तियारको प्रतिनिधिसहितको अनुगमन टोली खटाएको थियो । अख्तियारका प्रतिनिधिसहितका चार जना सदस्यसहितको आठ टोलीले तराईका आठ जिल्लामा एक हप्ता लगाएर अध्ययन तथा अनुगमन गरेका थिए ।
शिक्षा मन्त्रालयले रौतहटमा शिक्षा विभागका उपनिर्देशक गोविन्द प्रसाद अर्याल, महोत्तरीमा परीक्षा नियन्त्रण कार्यलयका उपनिर्देशक जित बहादुर साह, पर्सामा शिक्षा मन्त्रालयका उपसचिव खुशिराम अधिकारी, सप्तरीमा शिक्षा मन्त्रालयका उपसचिव योगेन्द्र प्रसाद बराल, बारामा शिक्षा मन्त्रालयका उपसचिव दिनानाथ गौतमको नेतृत्वमा अनुगमन टोली परिचालित गरिएको थियो । त्यस्तै सिरहामा शिक्षा मन्त्रालयका उपसचिव झुम प्रसाद राई, सर्लाहीमा मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका उपनिर्देशक महेन्द्र पौडेल र धनुषामा शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक दीर्घ ध्वज चापागार्इं नेतृत्वका अनुगमन टोली खटाइएको थियो ।
No comments:
Post a Comment