प्रधानमन्त्री सुशील कोइरालाले कही समयअघि सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। अमेरिकाबाट प्रकाशित हुने दैनिक पत्रिका वासिङ्टन पोस्टले संसारकै गरिब नेता भन्दै समाचार प्रकाशित गरेको छ।
'विश्वका नयाँ सबैभन्दा गरिब नेतालाई भेटौ शीर्षकमा' प्रकाशित समाचारमा प्रधानमन्त्री कोइरालाको तुलना यसअघि विश्वकै गरिब नेताको रुपमा मानिएका उरुग्वेका राष्ट्रपति जोसे मुजिकासँग गरिएको छ।
पत्रिकाले उरुग्वेका राष्ट्रपतिलाई पनि माथ दिँदै नेपालका प्रधानमन्त्री सुशील कोइराला विश्वकै गरिब नेता भएको उल्लेख गरेको छ। कोइरालासँग भएको तीनवटा मोबाइलमध्ये २ वटा कामै नलाग्ने र जग्गा जमिन पनि नभएको समाचारमा उल्लेख गरिएको छ।

No comments:
Post a Comment