Tuesday, January 14, 2014

सुडान काण्ड भन्दा पनि ठुलो काण्ड नेपाल आर्मीमा


हालै नेपाली सेनाका मेजर जनरल प्रदिप राणाले रोसओवरोन एक्सपोर्ट रसियन डिफेन्स कन्ट्रयाक्टरसँग २ वटा ःक्ष्(ज्ञठ(ख्छ एम आई १७ भी फाईभ ट्रान्सफेट भर्सन हेलिकप्टर ३२५ करोडमा खरिद गर्ने सम्झौता सुडान काण्डका अभियुक्त शम्भु भारतीलाई नै दिएको स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा १२० करोड पर्ने एम आई १७ भी फाईव हेलिकप्टर दुई थान नेपाली इतिहासमा नै ठुलो घोटाला गदै नेपाल आर्मीले भारती मार्फत ३२५ करोडमा नेपाल भित्राउन लागेको स्रोतले जनाएको छ ।
नेपाली सेनाको ः।न्।इ अफिसमा कार्यरत सेनाका अधिकृतका अनुसार उलान उदय हेलिकप्टर कम्पनीले नेपाली सेनालाई पत्र एवं फ्याक्स मार्फत आफूले नेपाली सेनालाई एम आई १७ भी फाईव व्रान्ड न्यू हेलिकप्टर नेपाली मुल्य २४० करोडमा दिने पत्राचार गरेको थियो । तर उक्त पत्रलाई गायव पारी रोसओवरोनसँग ३२५ करोडमा ग्लोवल टेण्डरविना नै शम्भु भारतीमार्फत खरिद प्रक्रिया अगाडि बढाएको आर्मी स्रोतले जनाएको छ ।
ठिक यस्तै हेलिकप्टर नेपाली सेनाले सन् २००५ मा रसियन हेलिकप्टर निर्माता कजान हेलिकप्टर संग द्यच्ब्ल्म् ल्भ्ध् त्च्ब्ल्क्एइच्त् ःक्ष् – ज्ञठ  सम्झौता गरेर ी।ऋ समेत खोलेको थियो तर त्यस  बेला उक्त हेलिकप्टर दुई थान खरिदका लागि ६४ करोडमा सम्झौता भएको थियो । तात्कालिन विस्तृत शान्ति सम्झौताका कारण उक्त सम्झौता खारेज भएको थियो ।
सन् २००५ मा ६४ करोडमा सम्झौता भएको यस्तै हेलिकप्टर हाल आएर भने नेपाल आर्मीले विना ग्लोवल टेण्डर एक हेलिकप्टरको मुल्य १६२.५ करोडमा सम्झौता गरी २ वटा हेलिकप्टर ३२५ करोडमा ल्याउन लागेको नेपाली सेनाले पुष्टी गरेको छ ।
यो सम्झौताभन्दा पहिला पनि नेपाली सेनाले कजान हेलिकप्टरसँग ग्लोवल टेण्डरमार्फत एम आई १७ हेलिकप्टर खरिद गरेको थियो । पहिला पनि नेपाल आर्मीलाई हेलिकप्टर सप्लाई गरी सकेको उलान उदय हेलिकप्टर कम्पनी र कजान हेलिकप्टर कम्पनीले हाल पनि नेपाली सेनालाई हेलिकप्टरबारे बारम्बार सम्पर्क गरे पनि नेपाली सेनाले भने वेवास्ता गरी मनोमानी रुपमा आफै रोसओभरोनसँग ३२५ करोडमा सम्झौता गरेको छ ।
सुडान घोटाला काण्डभन्दा पनि ठूलो यस घोटाला काण्डमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने मौन रहे पनि अन्य मतियारहरुको विषयमा अन्य अंकमा निरन्तर आउने छ ।


No comments: