Thursday, January 16, 2014

मालपोत अधिकृतले आँखा एक आना जग्गामा

भक्तपुर,
जिल्ला मालपोत कार्यलयका हाकिम हरि वखतीले करिव १५ मुल्य वरावरको एक आना जग्गामा आँखा गाडेका छन् । उनले भक्तपुर मध्यपुर थिमी नगरपालीका दिब्यश्वरी स्थित कित्ता नम्वर ८०३ को जग्गा दर्ता सम्वन्धी विषयलाई लिएर सेवा ग्राहि संग एक आना जग्गा मागेको आरोप सेवा ग्राहिले लगाएका छन् ।
गत आईतवार जग्गा दर्ता सम्वन्धी कार्यका लागि मालपोत हाकिम हरि वखतीले कायस्थ परिवार संग एक आना जग्गा माग्दा विवाद भएपछि सेवा ग्राहीले भक्तपुर मालपोत कार्यालयका पं्रमुखलाई उनकै कार्यकक्षमा गत आईतवार घेरेका  हुन् । काम गर्न पनि ढिलासुस्ती गर्ने तथा सानोभन्दा सानो काम गर्न पनि विभिन्न तरिकाले घुस माग्ने आरोप खेप्दै आएको मालपोत कार्यालयमा आइतबार सेवाग्राहीले काम नगरी आलटाल गरेको र मोटो रकम घुस मागेको आरोप लगाउँदै मालपोत अधिकृत हरि वखतीलाई बिहान दश वजेदेखि दिउँसो ३ बजेसम्म उनकै कार्यकक्षमा घरेका  थिए ।
 सो क्रममा सेवाग्राहीहरुले मालपोत परिसर र मालपोत अधिकृतको कक्षमा नाराबाजीसमेत गरेका थिए ।
भक्तपुर खौमा निवासी विजय कायस्थ , तरुण दलका पुर्व सभापती विनोद कायस्थ , प्रसान्त कायस्थ तथा तिलक कायस्थको मध्यपुर थिमी नगरपालीका १५ ख को कित्ता नंम्वर ८०३ नम्वरको जग्गामा फिल्ड वर्क भई सक्दा समेत पुर्जा बनाउन मालपोत कार्यालयले आनाकानी गदै विगत २ महिनादेखि झुलाउँदा र विभिन्न वहानामा काम नगरी दुःख दिदाँ आक्रोशित बनेका सेवाग्राहीहरुको एक टोलीले कार्यालय परिसरमै अधिकृतलाई घेराउ गर्न आफूहरु विवस भएको प्रसान्त कायस्थले वताए ।
सेवाग्राही प्रशान्त कायस्थका अनुसार कुल ८ आना क्षेत्रफल भएको आफ्नो नामको जग्गाको पुर्जा बनाउन निवेदन दिदाँ मालपोत अधिकृत बखतीले खुलेआम एक आना जग्गा माग गरेको आरोप समेत लगाएका छन् ।
उनले सवै प्रक्रिया पुरा भई सक्दा पनि मालपोत कार्यालयले सेवाग्राहीलाई दुःख दिने मनसायले काम नगरिकन ढिलासुस्ती गर्ने पनि वताए ।
मालपोत अधिकारीले माग गरेको मथिनपा दिब्यश्वरी स्थित जग्गाको हाल १५ लाख प्रति आना कारोवार भई रहेको छ ।
सोही क्रममा मालपोतमा भई रहेको ढिलासुस्ती र अवेवस्थित कार्य प्रणाली सुधारको माग गदै लेखापढी ब्यवसायी संघका पदाधिकारीहरुले पनि मालपोत अधिकृत बखती संग अनुरोध गरेका थिए ।
सेवा ग्राहीको घेरामा परेका अधिकृत बखतीले भने आफुले प्रक्रिया संगत रुपले काम गरेको दाबी गदै जानी जानी ढिलासुस्ती नगरेको वताए । उनले केहि सेवा ग्राहिले नियोजित रुपमा आफुलाई आरोप लगाएको प्रतिक्रिया दिए ।
त्यसोत  विगतमा मालपोत भित्रको भ्रष्टाचारका वारेमा विभिन्न समाचार माध्यमले नलेखेका होइन् । बखती अख्तियारमै बसेर आएका कारण दर्जन भन्दा वढि भ्रष्टाचारका उजुरीहरु त्यसै तुहिएको स्रोतले वताएको छ । स्रोतका आनुसार आईतवारको सो जन आक्रोसलाई दवाउन उनि सुरक्षा घेराको दलवल सहित कार्यालय प्रवेश गरेको प्रति लेखापढी एसोसियसनले तत्काल विरोध जनाई मालपोतमा उनका कारण भएको ढिलासुस्ती र भ्रष्टाचारको जरो मौलाएको प्रति अपत्ती जनाएका थिए ।
सो भक्तपुर लेखापढी एसोशिएसनका पुर्व र वर्तमान अध्यक्षहरु राजेन्द्र बस्नेत, रविन्द्र प्रधान ,अनिल भुजु लगाएतका ब्यवसायीहरुले आईतवार बखतीको कार्यकक्षमा घेराउ गरि सुद्रिनका लागि चेतावनी समेत दिएका थिए ।

No comments: