भक्तपुर,
जग्गा दर्ता सम्वन्धी कार्यमा आफ्नो बाजेको नाममा रहेको जमिन आफ्नो नाममा ल्याउनका लागि दर्ता प्रक्रिया अगाडी वढाईएको तरुण दलका पुर्व सभापती विनोद कायस्थको जमिनको पुर्जा वनाउन मालपोत प्रमुख हरि वखतीले एक आना जग्गा माग गरेपछि सेवा ग्राहीले भक्तपुर मालपोत कार्यालयका पं्रमुख हरि वखतीलाई घेरेका छन् । काम नहुने तथा सानोभन्दा सानो काम गर्न पनि विभिन्न तरिकाले घुस माग्ने आरोप खेप्दै आएको मालपोत कार्यालयमा आइतबार सेवाग्राहीले काम नगरी आलटाल गरेको र मोटो रकम घुस मागेको आरोप लगाउँदै मालपोत अधिकृत हरि वखतीलाई बिहान दश वजेदेखि दिउँसो ३ बजेसम्म घरेका थिए । सो क्रममा सेवाग्राहीहरुले मालपोत परिसर र मालपोत अधिकृतको कक्षमा नाराबाजीसमेत गरेका थिए ।
भक्तपुर खौमा निवासी विजय कायस्थ तरुण दलका पुर्व सभापती विनोद कायस्थ , प्रसान्त कायस्थको मध्यपुर थिमी नगरपालीका १५ ख को कित्ता नंम्वर ८०३ नम्वरको जग्गामा फिल्ड वर्क भई सक्दा समेत पुर्जा बनाउन मालपोत कार्यालयले आनाकानी गदै विगत २ महिनादेखि झुलाउँदा र विभिन्न वहानामा काम नगरी दुःख दिदाँ आक्रोशित बनेका सेवाग्राहीहरुको एक टोलीले कार्यालय परिसरमै अधिकृतलाई घेराउ गर्न आफूहरु विवस भएको सेवाग्राही प्रसान्त कायस्थले बताए ।
सेवाग्राही प्रशान्त कायस्थका अनुसार कुल ८ आना क्षेत्रफल भएको आफ्नो नामको जग्गाको पुर्जा बनाउन निवेदन दिदाँ मालपोत अधिकृत बखतीले खुलेआम एक आना जग्गा माग गरेको आरोप लगाए । उनले सवै प्रक्रिया पुरा भई सक्दा पनि मालपोत कार्यालयले सेवाग्राहीलाई दुःख दिने मनसायले काम
नगरिकन ढिलासुस्ती गर्ने पनि वताए ।
मालपोत अधिकारीले माग गरेको मथिनपा दिब्यश्वरी स्थित जग्गाको हाल १५ लाख प्रति आना कारोवार भई रहेको छ ।
सोही क्रममा मालपोतमा भई रहेको ढिलासुस्ती र अवेवस्थित कार्य प्रणाली सुधारको माग गदै लेखापढी ब्यवसायी संघका पदाधिकारीहरुले पनि मालपोत अधिकृत बखती संग अनुरोध गरेका थिए ।
सेवा ग्राहीको घेरामा परेका अधिकृत बखतीले भने आफुले प्रक्रिया संगत रुपले काम गरेको दाबी गदै जानी जानी ढिलासुस्ती नगरेको वताए । उनले केहि सेवा ग्राहिले नियोजित रुपमा आफुलाई आरोप लगाएको प्रतिक्रिया दिए ।

No comments:
Post a Comment