Wednesday, December 11, 2013

जनक शिक्षामा तोडफोडका आरोपमा २३ मजदुर पक्राऊ

भक्तपुर जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा कर्मचारीले तोडफोड गरेपछि केन्द्रका २३ जना मनदुरलाई प्रहरीले आज पक्राऊ गरेको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रेस शाखामा कार्यरत ४० जना मजदुरलाई हिजो देखि हाजिर गर्न नदिएपछि आज केन्द्रमा कर्मचरी र प्रेश शाखाका व्यबस्थापन पक्षबिच भएको विवाद मिल्न नसकेपछि आक्रोसीत भएका मजदुरले कार्यलयमा तोडफोड गर्दा प्रहरीले मजदुरलाई पक्राऊ गरेको केन्द्रले जनाएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन आवद्ध मजदुरलाई हिजोदेखि हाजिर गर्न नदिएपछि आज प्रेश शाखा प्रमुख सुदन नेपाललाई यसबारे बुझ्न जादा एक्कासी प्रहरी बोलाएर पक्राऊ गर्न लगाएको कर्मचारीको भनाई छ ।
युनियनका अध्यक्ष सुनिल खड्काले भन्नुभयो—‘हामीलाई हिजोदेखि हाजिर गर्न दिएन, किन नदिएको भनेर बुझ्न जादा एक्कासी केन्द्रका प्रबन्ध संचालक अनिलकुमार झाले प्रहरी बोलाएर पक्राऊ गराए ।’ महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रबिन्द्र रेग्मीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राऊ गरेर प्रहरी बृत्त थिमिमा ल्याएर राखिएको केन्द्रले जनाएको छ ।
युनियनका कर्मचारीले दुईवर्ष अगाडि केन्द्र व्यबस्थापनसंग तलब, भत्ता तथा सुविधाहरुका बारेमा गरेको १७ बुँदे सहमित झाले अझैसम्म कार्यान्वयन नगरेपछि युनियनले श्रम अदालतमा कार्यान्वयनका लागि मुद्धा हालेको मजदुरले बताएका छन् । श्रममा मुद्धा हालेको विषयलाई लिएर व्यबस्थापनले हाजिर गर्न नदिएको बताउँदै युनियनका अध्यक्ष खड्काले हाजिर नगराएको विषयमा बुझ्न खोज्दा समेत प्रहरी लगाएर पक्राऊ गराएको बताउनुभयो ।
केन्द्रले भने युनियनका करार र ज्यालादारीमा रहेका कर्मचारीले स्थायी हुनुपर्ने, तलब भत्ता बढाउनु पर्ने, ओभर टाइम पाउनु पर्ने माग राख्दै आएकोमा व्यबस्थापनले ओभरटाईम दिन नसक्ने बताएपछि मजदुरहरुले विवाद निकालेको बताएको छ ।
जबरजस्ती ओभरटाईममा हाजिर गरेका मजदुरको ओभर टाईमको हाजिर काटेपछि निस्किएको विवाद सुल्झाउन आज वार्ता बस्दा वार्ता मै मजदुर तोडफोडमा गरेपछि प्रहरी बोलाएको जानकारी दिएको छ ।
प्रबन्ध संचालक झासंग सम्पर्क हुन नसकेपनि केन्द्रका एक निर्देशकले भने मजदुरले प्रेस शाखामा आएर शाखा प्रमुख नेपालको टेबुलको सिसा तोडफोड गरेर आक्रमणको प्रयास गरेपछि प्रहरी बोलाउनु परेको जानकारी दिएको छ ।
महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक रबिन्द्र रेग्मीले भने मजदुरले तोडफोड र आक्रमणमा उत्रिएको पाईएपछि पक्राऊ गरेको बताउनु भयो । पक्राऊ परेका मध्ये केहीलाई आजै छोडिने र केहीलाई अनुसन्धानका लागि थुनामा राखिने बताउनुभयो ।

No comments: