ताथलीको सौडोलमा सबैको घर अघि धारा छ । घरअघि नै धार ाभए पनि सौडोलवासी भने एक गाग्री पानका लागि २५÷३० मिनेट हिँडनुपर्छ । घरघरमै वितरित धाराबाट पानी नआउँदा ताथली ७ सौडोलको छुका÷बासुकला टोलका स्थानीयहरु कुवाकै भर पर्न बाध्य छन् । घरै छmेको धाराबाट पानी नआउँदा त्यहाँका स्थानीयले बिहानै कुवा धाउने गरेका छन् । यो धाउने काम विशेष गरेर सौडोलअन्तर्गत देवी उमाविदेखि छुकां टोलसम्मकाले गरिरहेका छन् ।
‘घर अघि नै धारा भएर के गर्नु त ? पानी नआएपछि जति नै टाढा भए पनि जानैप¥यो ।’बिहानै कुवाबाट पानी ल्याउँदै गरेका सौडोलका विश्वराम छुकांले भने ।
खानेपानीको समस्याको कारण अहिले विशेषतः छुकां टोलका २०÷२२ घर बासुकला टोलका १८÷१९ घरका स्थानीयहरुको दैनिकी प्रभावित भएको छ । दैनिक जीवनका लागि अत्यावश्यक पानीको अभाव झेल्न बाध्य उनीहरु शौचालय जानदेखि बस्तुलाई खुवाउन र खाना बनाउनसमेत कुवाको पानी प्रयोग गरिरहेका छन् । सो स्थानमा खानेपानीको समस्या हालैको भने होइन । दशकौंदेखिको समस्या अहिले पनि ज्युँका त्युँ रहेको स्थानीयवासी बताउँछन् । त्यहाँका स्थानीयका अनुसार हिउँद याम सुरु भएदेखि चैत वैशाषसम्म पानीको चरम समस्या हुने गरेको छ ।
खानेपानीको बन्दोवस्तका लागि ताथली बृहत खानेपानी आयोजनाअन्तर्गतको खानेपानी नियमित नभए पछि खानेपानी समस्या विकराल बन्दै गएको हो । आयोजनाअन्तर्गत टोलटोलमा वितरित धाराबाट पानी आउन छोडेपछि समस्या अझ गहिरिएको स्थानीयहरु बताउँछन् । त्यहाँको खानेपानी समस्या समाधानका लागि स्थानीयकै पहलमा खगाँ खानेपानी उपभोक्ता समिति गठन गरेको भए पनि त्यसले उल्लेख्य सफलता पाउन सकको छैन ।
उपभोक्ता समिलितले खानेपानीका लागि २ जना कर्मचारीसहति लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरे पनि पटक पटक मेसिन बिग्रिँदा र अत्यधिक रुपमा भइरहेको लोडसेडिङले समस्या चुलिएको छ । खानेपानी व्यवस्थित गर्न समितलिे प्रत्येक ग्राहकबाट मासिक एक सय शुल्क लिने गरेको छ । मेसिन बिग्रिएर पानी तान्न नसक्दा खानेपानी नपाएका उपभोक्ताहरुले पैसा तिरे पानी नपाएको गुनासो गरिरहेका छन् ।
यो सन्दर्भमा उपभोक्ता समितिका अध्यक्ष नारायणभक्त थुयाजुले भने समितिको मात्र प्रयासले सो स्थानको खानेपानी समस्या समाधान नहुने बताउँदै खानेपानीको दीगो व्यवस्थाका लागि सबै उपभोक्तालृे चासो दिनुपर्ने बताए ।

No comments:
Post a Comment