भक्तपुरको वागेश्वरी गाविसमा गत संविधानसभाको निर्वाचनमा नेपाली काग्रेसलाई भोट नहालेको भन्दै स्थानिय नेपाली काँग्रेसका नेताले एमालेका कार्यकर्तालाई कुटपिट गरेका छन् ।
वागेश्वरी गाविस वडा नं. ३ का रामेश्वर लामिछानेलाई आज दिउँसो आफ्नै घरको पसलमा बसिरहेको अबस्थामा सोही गाउँ बस्ने नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ का सचिव समेत रहेका जिवन खत्रीले कुटपिट गरेको पिडित लामिछानेले बताएका छन् । पिडित लामिछानेले भन्नुभयो—‘आफ्नै पसलमा बसिरहेको थिए, खत्रीले एक्कासी नेपाली काँग्रेसलाई किन भोट हालिनस् भन्दै कुटपिट गरे, मार्ने धम्की समेत दिएका छन् ।’ कुटपिट पछि लामिछानेको भक्तपुर अस्पतालमा उपचार गरि आजै घर फर्किएको स्थानिय विनोद लामिछानेले बताउनुभयो । काग्रेसलाई भोट नहालेको भन्दै एमाले कार्यकर्ता माथि कुटपिट भएको बताउँदै उहाँले प्रहरी समेत पिडितको पक्षमा नरहेको बताउनुभयो ।
लामिछानेले भन्नुभयो—‘कुटपिट पछि घाईतेको उपचार गरेर घर ल्याईयो, महानगरीय प्रहरी प्रभाग खरिपाटीमा किटानी जाहेरी दिदाँ पनि प्रहरीले घर मै बसेका खत्रीलाई पक्राऊ गर्न गएन, प्रहरी समेत पिडकको पक्षमा रहेको छ ।’ आरोपित खत्रीलाई सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेन भने स्थानिय अर्का काँग्रेस एक नेताले भने गाउँ स्तरमै घट्नालाई मिलाउने प्रयास भईरहेको बताएका छन् ।
2 comments:
चुनाव सकिएपछी नतीजा प्रकाशीत भैसकेपछी पनि मान्छे कुटन पर्ने आवश्कता चाँहि थिएन ।
बसेर छलफलबाट टूङ्गो लगाउनु पर्ने थियो ।
चुनाव सकिएपछी नतीजा प्रकाशीत भैसकेपछी पनि मान्छे कुटन पर्ने आवश्कता चाँहि थिएन ।
बसेर छलफलबाट टूङ्गो लगाउनु पर्ने थियो ।
Post a Comment