Monday, November 25, 2013

नव निर्वाचित सभाषदको आक्रोस, माहासँघको आपत्ति

नेपाल पत्रकार महासंघ खोटाङले नवनिर्वाचित सभासदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रेस चौतारी खोटाङले आयोजना गरेको नवनिर्वाचित सभासदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा सभासद विशाल भट्टराई, पा“चकर्ण राई, एमाले जिल्ला उपसचिव रामप्रसाद दंगाल लगायतले एमाले र उनका उम्मेदवारहरूको अनुकूल समाचार नलेखेको भन्दै आक्रोश व्यक्त गरेको विषयलाई लिएर विज्ञप्ती मार्फत आपत्ति जनाएका हुन् ।
‘सभासदजस्तो मर्यादित र गरिमामय पदमा निर्वाचित व्यक्तित्वले आम नागरिकलाई सुसुचित गर्ने स्वतन्त्र र चेतनाको संवाहक सञ्चारकर्मी तथा सञ्चारमाध्यममाथि गरेको गैरजिम्मवार र अपमानजन्य अभिव्यक्तिले सञ्चार जगतलाई कमजोर पार्ने र आफ्नो कार्यकालमा गरिने कमीकमजोरी ढाकछोपको दुस्प्रयास गरिएको छ ।’ महासंघ शाखाका कार्यबाहक अध्यक्ष दमन राई र सचिव सूर्य तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
 

No comments: