भक्तपुर कार्तिक २८
संघीय समाजवादी पार्टीका भक्तपुर क्षेत्र नं. २ का प्रतक्ष्य उम्मेदवार राम गोपाल चौगुठीले आफ्नो उम्मेदवारी त्यागेका छन् ।
आज भक्तपुरमा पत्रकार सम्मेलन गरेर चौगुठीले आगामी मंसिर ४ गते हुन लागेको संविधान सभाको निर्वाचनमा आफूले दिएको उम्मेदवारी आजैको मितिदेखि त्यागेको बताउनुभयो ।
आफ्नो उम्मेदवारी त्यागेको घोषणा गर्दै उहाँले संविधानसभा निर्वाचनमा आफ्नो र आफ्नो पार्टीको समर्थन एनेकपा माओवादीका उम्मेदवार डी.पी. ढकाललाई रहेको बताउनुभयो ।
चौगुठीले भन्नुभयो—‘पहिचान सहितको संघीयतालाई सुनिश्चित गर्नका लागि आफ्नो उम्मेदवारी त्याग्दै एमाओवादीलाई समर्थन गरेको हुँ, संघीय समाजवादी पार्टीका कार्यकर्ताहरुले अब एमाओवादीका उम्मेदवार ढकाललाई मतदान गर्नेछन् ।’
पार्टीको सहमति बिना नै आफूले व्यक्तिगत रुपमा उम्मेदवारी त्यागेर एमाओवादीलाई समर्थन गरेको बताउँदै उहाँले तत्काल एमाओवादीमा प्रवेश गर्ने सम्भावना भनेृ नभएको प्रष्ट्याउनुभयो ।
पत्रकार सम्मेलनमा एमाओवादी भक्तपुर जिल्ला ईन्चार्ज भाष्कर प्रधानाङ्गले भक्तपुरको एकाधिकार तोड्न पहिचान सहितको संघीयता पक्षधरहरु एमाओवादीको पक्षमा आएको बताउनुभयो ।
भक्तपुरलाई परिवर्तन गर्नका लागि नेमकिपा, नेपाली काँग्रेस र अन्य दल तथा उम्मेृदवारसंग पनि एमाओवादीलाई समर्थन गर्नेबारेमा छलफल भईरहेको बताउँदै उहाँले नेमकिपा र काँग्रेस लगायतका पार्टी त्यागेर एमाओवादी प्रवेश गर्नेको लहर चलेको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार ढकालले आफूले भक्तपुरलाई परिवर्तन गर्ने र विकासको लहर ल्याउने प्रतिबद्धता मतदाता समक्ष गरेको बताउनुभयो । ढकालले भन्नुभयो—‘पहिला एमाओवादीका कार्यकर्ता प्रवेश गर्न नसक्ने ठाउँमा अहिले घरदैलोमा जादा मलाई पुष्प बृष्टि गरिरहेका छन्, मतदाताले मलाई भरोसा गरेको छन्, पहिचान सहितको संघीयता र विकासमा म प्रतिबद्ध रहने छु ।’
एमाले त्यागेर एमाओवादी प्रवेश गरेको निर्मल भट्टराईले भक्तपुर क्षेत्र नं. २ मा एमाओवादीको जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।
No comments:
Post a Comment