एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई
लक्षित गरी कञ्चनपुरको ढक्कापुरमा आज बिहान बम बिष्फोट गराइएको छ । बेलौरीतर्फ
गईरहेका प्रचण्डको गाडीलाई लक्षित गरी गराइएको बिष्फोट शक्तिशाली रहेपनि कुनै
क्षति नभएको सुरक्षास्रोतले जनाएको छ । बाटोको ५-७ मिटर छेउमा राखिएको बम बिष्फोट
गराउन ४-५ सय मिटर तार जोडिएको पाइएको सुरक्षास्रोतले जानकारी दिएको छ । बिष्फोट
गराउनेहरुको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ । मेची महाकाली अभियानको
समापनका लागि मंगलबार प्रचण्ड कञ्चनपुरमा पुगेका थिए । चुनावी कार्यक्रममा सहभागी
भएर आजै अपरान्ह उनी काठमाण्डौ र्फकने कार्यक्रम छ ।
No comments:
Post a Comment